लघुवित्त न्युज । कर्णाली प्रदेशको विरेन्द्रनगर सुर्खेतमा पहिलो पटक मिडिया इन्टरनेशनलद्धारा फागुन २६ र २७ गते आयोजित कर्णाली प्रदेशस्तरीय वित्तीय सम्मेलन तथा सुचना प्रर्दशनी कार्यक्रममा लघुवित्त क्षेत्रका मानिसहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा करिब ४ दर्जन भन्दा बढी लघुवित्त क्षेत्रका मानिसहरुको सहभागिता थियो ।

कार्यक्रममा लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, वित्तीय जन जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोष, बीमा समिति निर्देशक दिनेश कुमार लाल लगायतको उपस्थिति रहेको थियो । कर्णाली प्रदेश सरकारको मुख्य साझेदारीमा रहेर संचालन भएको कर्णाली वित्तीय सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गर्दै आएको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, बीमा समिति, युवा स्वरोजगार कोष, बैंकर्स संघ, लघुवित्त बैंकर्स संघ लगायतका संघसंस्थाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा लघुवित्त बैँकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले विकट जिल्लामा वित्तीय साक्षरताको कार्यक्रम अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो । साथै मिडिया इन्टरनेशनलले आयोजना गर्ने सम्पुर्ण वित्तीय साक्षरताको कार्यक्रममा साथ दिने कुरा पनि उहाँले बताउनुभयो । लघुवित्त क्षेत्रबाटबाट नै देशको आर्थिक समृद्धिमा फड्को मार्न सकिने तथा सरकारले लघुवित्त क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने कुरा कार्यक्रममार्फत उहाँले बताउनुभयो ।

त्यस्तै सरकार, अर्थमन्त्रालय र नेपाल राष्ट्र बैँकले बनाउने आर्थिक नीतिमा लघुवित्त क्षेत्र र ग्रामीण अर्थतन्त्रलाई विशेष फोकस गर्नुपर्ने कुरामा अध्यक्ष शर्माले जोड दिनुभयो । लघुवित्त क्षेत्रबाट धेरै व्यक्ति उद्यमी बनेको भएपनि उनीहरुलाई प्रशस्त तालिम दिन नसकेको बताउँदै उहाँले लघुउद्यमीलाई ठुला उद्यमी बनाउनका लागि उनीहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु गर्नुपर्ने कुरालाई विशेष महत्व दिदैँ ग्रामीण अर्थतन्त्रमा लघुवित्तले धेरै महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

दुई दिनसम्म सुर्खेतमा संचालन भएको उक्त सम्मेलमा कर्णालीको विकास, उद्यमशीलता, बैंकिङ तथा वित्तीय लगानी, कर्णाली प्रदेशको वित्तीय पहुँच, फाइनान्सीयल डिजिटलाइजेशन, कर्णाली प्रदेशको बीमा पहुँच, स्वरोजगार र उद्यमशीलता तथा लघु उद्यमशीलता जस्ता विषयहरुमा अन्तक्र्रियात्मक कार्यक्रमहरु संचालन गरिएको थियो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.