लघुवित्त न्युज । कर्णाली प्रदेशको सुर्खेतमा पहिलो पटक संचालित कर्णाली प्रदेशस्तरीय वित्तीय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको समापन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको अर्थतन्त्रको ढोका खुलेको बताए ।

उक्त सम्मेलनमा विभिन्न जिल्लाबाट करिब २ हजार भन्दा बढी लघुउद्यमीहरु र ४ दर्जनभन्दा बढी लघुवित्तको सक्रिय सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कर्णाली प्रदेश प्रमुख विनय सिग्देलले वित्तीय शिक्षा लिन आम नागरिकलाई आग्रह गर्दै यस्तो कार्यक्रमको महत्व रहेको बताए ।

बीमा समितिका निर्देशक दिनेशलाल कर्णले वित्तीय साक्षरताले बीमा क्षेत्रलाई पनि सहयोग गरेको बताउँदै यस्ता कार्यक्रम अन्य ठाउँमा पनि निरन्तर संचालन गरिनुपर्ने बताए ।

युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले वित्तीय जागरण राष्ट्रिय अभियानका सम्पूर्ण कार्यक्रममा कोषको सहकार्य रहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा आइएमई लाइफ इन्स्योरेन्सका सिइओ कवि फुँयाल, प्रभु इन्सुरेन्सका सिइओ संचित बज्राचार्य, प्रभु टेक्नोलोजीका अध्यक्ष कुशम लामा, फाइनान्सियल डिजिटलाइजेशनका विज्ञ युवाराज थापा, अर्का विज्ञ केशव आचार्य, प्रभु पेका सुकल आचार्य लगायतका व्यक्तिले वित्तीय सम्मेलनले वित्तीय जागरणमा थप सहयोग पुर्याएको बताए ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा वित्तीय साक्षरताको र्याली र सूचनामूलक स्टलको प्रदर्शनी गरिएको थियो । मिडिया इन्टरनेसनलको आयोजनामा भएको सम्मेलनमा कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका, युवा स्वरोजगार कोष, बीमा समिति लगायतको सक्रिय सहभागिता रहेको थियो । सम्मेलनमा शेयर बजार, बीमा, बैंक र लुघवित्तका बारेमा सूचनामूलक स्टलहरु राखिएका थिए ।

सम्मेलनका कार्यक्रम संयोजक माधव निर्दोषले कर्णाली प्रदेशमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्यसहित सम्मेलनको आयोजना गरिएको र सफलताका साथ सम्पन्न भएको बताए । विगत ७ वर्षदेखि देशव्यापीरुपमा संचालित ‘वित्तीय जागरण राष्ट्रिय अभियान’ ले कर्णाली प्रदेशमा पहिलोपटक कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवद्धन गर्दै आएको छ ।

कार्यक्रममा कर्णालीको विकास, उद्यमशीलता, बैंकिङ तथा वित्तीय लगानी, कर्णाली प्रदेशको वित्तीय पहुँच, फाइनान्सियल डिजिटलाइजेशन, कर्णाली प्रदेशको बीमा पहुँच, स्वरोजगार र उद्यमशीलता तथा लघु उद्यमशीलता जस्ता विषयहरुमा अन्तक्र्रियात्मक कार्यक्रमहरुसमेत राखिएको थियो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds