लघुवित्त न्युज । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्लोबल मनि विक कोअर्डिनेशन कमिटीको निर्णय बमोजिम नेपाल राष्ट्र बैंकले यहि चैत्र ७ गतेदेखि १३ गतेसम्म वित्तीय साक्षरता मार्गदर्शन, २०७८ कार्यक्रम संचालनको लागि मातहतका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशन बमोजिम मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सप्ताह व्यापी कार्यक्रमहरु संचालन गरेको हो ।

साप्ताहिक वित्तीय साक्षरता तथा सचेतना अभियानको दोश्रो दिन मंगलबार मधेश प्रदेश अन्तर्गतका शाखा कार्यालयहरु कलैया र फेटाका सदस्य तथा स्थानीय वासिन्दाहरु सहित कलैयाको बजारमा वित्तीय जागरण सम्वन्धि प्लेकार्डहरु एवं श्रव्य सामाग्रीहरु सहित ¥यालीले वजार परिक्रमा गरेको थियो।

बजार परिक्रमा पश्चात् करणराज होटल एण्ड पार्टी प्यालेसमा केन्द्र प्रमुख राधिका देवी शाहको सभाध्यक्षतामा अन्तक्रिया कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा मधेश प्रदेश प्रमुख रामकिशोर चौधरीले वित्तीय सचेतना अन्तर्गत वचतको महत्व, कर्जा परिचालन, बीमाको महत्व र आवश्यकता, सफा नोट नीतिलगायतको विषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा वित्तीय सचेतनासम्बन्धी सन्देशमुलक भिडियोहरु समेत प्रदर्शन गरिएको थियो । शाखा कार्यालय कलैयाका कर्मचारी फणिन्द्र कुमार शाहले संचालन गरेको कार्यक्रममा मधेश प्रदेश उपप्रमुख षडेन्द्र प्रसाद त्रिखत्री, कलैया शाखाका प्रमुख बम बहादुर चौधरी, फेटा शाखाका प्रमुख कुलदिप सिंह साउद, खोपवा शाखाका प्रमुख विनोद कुमार चौधरी लगायतको उपस्थिती रहेको थियो ।

त्यसै गरि संस्थाले प्रदेश नं. १ अन्तर्गत झापाको जुरोपानी शाखा अन्तर्गतका स्थानीयवासी एवं सदस्यहरु सहितको वित्तीय साक्षरता जनचेतना कार्यक्रम संचालन गरेको छ । प्रदेश प्रमुख सुरेश बहादुर खड्काले सहजिकरण गरेको कार्यक्रममा उपप्रमुखहरु किरण विष्ट जुरोपानी शाखा प्रमुख निता राई लगायतको उपस्थिती रहेको थियो ।

संस्थाले सोही दिन पश्चिमी क्षेत्रमा मिर्मिरेको शिशै उपप्रादेशिक कार्यालय अन्तर्गतका बेलासपुर, धकधई र जहदा क्षेत्रलाई समेटेर वित्तीय साक्षरता सम्बन्धी जनचेतना कार्यक्रम संचालन गरेको थियो । शिशै उपप्रदेश प्रमुख मनोज वलीले सहजिकरण गरेको कार्यक्रममा सो क्षेत्रका शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.