लघुवित्त न्युज । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चितवनको रत्ननगरमा आबद्ध भएर कारोबार गरिरहेका महिलाहरुलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण दिइएको छ । केन्द्रिय कार्यालय गोरखा रहेको संस्थाले कर्जा लगानी, त्यसको सदुपयोग, जीविकोपार्जन र आयआर्जनका लागि गर्नुपर्ने कामहरुका बारेमा प्रशिक्षण दिएको हो ।

कार्यक्रममा समूहका १२० जना अध्यक्षहरुलाई लघु उद्यम व्यवसायको प्रवद्र्धन, विस्तार र सबलीकरण, ग्राहक सदस्यको आर्थिक तथा सामाजिक रुपान्तरण, महिला सशक्तीकरण, वित्तीय साक्षरतालगायतको विषयमा प्रशिक्षण दिइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।

संस्थाले समूहमा आबद्ध भएका महिलाहरुलाई गरिबी निवारण गर्ने उद्देश्यका साथ विभिन्न शीर्षकमा कर्जा लगानी गर्दै आएको छ । कृषि, पशुपालन, व्यापार, व्यवसाय, साना उद्योग, होटललगायतका शीर्षकमा ७ लाखसम्म बिना धितो र १५ लाखसम्म धितो राखेर कर्जा लगानी गर्दै आएको न्यौपानेले बताए ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चितवनको रत्ननगर, माडी र कालिका नगरपालिकामा शाखा स्थापना गरी ग्रामीण क्षेत्रका महिलाहरुलाई उद्यमी बनाउन कर्जा लगानी गर्दै आइरहेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.