लघुवित्त न्युज । विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको कृषि कर्जा मेला चितवनमा शुरु भएको छ । चैत ९ देखि सुरु भएको उक्त मेला चैत्र १२ गतेसम्म सञ्चालन हुनेछ । कृषक र कृषिसँग जोडिएका मेला भ्रमणकर्तालाई एकै थलोमा सबै जानकारी लिन सजिलो होस् भन्ने हेतुले आर एण्ड डी इनोभेटीभ सोलुसन प्रा.लि. र नेपाल कृषि मेशीनरी ब्यवसाय संघले संयुक्त रुपमा चितवनको एक्स्पो सेन्टर भरतपुरमा मेला आयोजना गरेको हो ।

उक्त कृषि कर्जा मेलामा पोखरा हेम्जाको एनएमबि लघुवित्त बित्तीय संस्थाले पनि सहभागिता जनाएको छ । एनएमबि बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।

उक्त लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकलाई कृषि कर्जा सम्बन्धी जानकारी गराई कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने र कृषिकर्जा मैत्री नीति निमार्णमा थप टेवा पुग्ने उदेश्यका साथ मेलामा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले सहभागिता जनाउनुभएको छ ।

उक्त संस्थाले देशका सातवटै प्रदेशमा प्रादेशिक कार्यालयसहित ६८ जिल्लाका विभिन्न स्थानहरुमा १४८ वटा शाखा तथा उपशाखा कार्यालयहरु संचालन गरी करिब १ लाख १९ हजार विपन्न घर परिवारका सदस्यहरुलाइ सेवा प्रदान गर्दै आएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.