लघुवित्त न्युज । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेले लघुवित्तको कारोबार सिम्बोल एनइएसडिओ निर्धारण गरेको छ। आइतबार सूचीकृत भएको लघुवित्तको आइपीओ सोमबार (चैत १४ गते) बाट दोस्रो बजारमा कारोबार गर्न सकिने संस्थाले जनाएको छ ।

कम्पनीको १०० रुपैयाँ अंकित दरको २५ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकरण गर्न नेष्डो लघुवित्त र नेपाल स्टक एक्सचेञ्चबीच सम्झौता भएको हो । संस्थाले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेपश्चात् नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ। जसअनुसार नेष्डो समृद्ध लघुवित्तको पहिलो कारोबार न्यूनतम २६०.८४ रुपैयाँ र अधिकतम कारोबार मूल्य ७८२.५२ रुपैयाँ छ । सोहि रेन्ज भित्र रहेर नेष्डो समृद्ध लघुवित्तको पहिलो कारोबार हुनेछ।

लघुवित्तले फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर अर्थात् ५% सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको थियो भने सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिएका हुन् ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.