लघुवित्त न्युज । “ग्लोबल मनि विक” कार्यक्रमअन्तर्गत विश्वव्यापी रुपमा वित्तीय साक्षरता तथा जनचेतना कार्यक्रमहरु संचालन भइरहेकोमा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । संस्थाले यहि चैत्र ७ गते देखि चैत्र १३ गतेसम्म “ग्लोबल मनि विक – २०२२” को उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरी सम्पन्न गरेको हो ।

संस्थाले वित्तीय साक्षरताअन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले अन्तरक्रिया कार्यक्रम संचालन गर्नुको साथै प्लेकार्ड, ब्यानर आदिको प्रयोग गरी ¥यालीसमेत आयोजना गरेको थियो ।

संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुलमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन “ग्लोबल मनि विक – २०२२” ले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रमबाट करिब १७ हजार जना लाभान्वित भएको संस्थाले जनाएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.