लघुवित्त न्युज । सूर्याेदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुरु भएको छ । मर्जरपश्चात सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट चैत्र १९ गते, शनिवारका दिनदेखि एकीकृत कारोबार शुरु भएको हो ।

मर्जरपछि सूर्योदय वोमी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मोक्ष प्रसाद पंगेनी नियुक्त भएका छन् । उनी तत्कालीन सूर्याेदय लघुवित्तका सीईओ पनि हुन भने अध्यक्षमा विन्दिया श्रेष्ठ प्रधान नियुक्त भएको छ । त्यस्तै नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा प्रमेश आचार्यलाई नियुक्त गरेको छ । उनी तत्कालीन वोमी लघुवित्तका सीईओ पनि हुन् ।

मर्जरपश्चात सूर्योदय वोमी लघुवित्तको चुक्ता पूँजी ७९ करोड १९ लाख रुपैयाँ, निक्षेप ४ अर्ब रुपैयाँ, ११ अर्ब रुपैयाँ कर्जा र ग्राहक संख्या १ लाख ७५ हजार रहेको छ ।

सूर्योदय वोमी लघुवित्तको रजिष्टर्ड कार्यालय हाल वोमी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय रहेको वागमती प्रदेश काभ्रेपलाञ्चोक बनेपा नगरपालिका १३, साँगामा रहने छ । मर्जरपछि दोस्रो बजारमा कारोबार खुला गर्नका लागि लघुवित्तले प्रकृया अगाढि बढाइसकेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.