लघुवित्त न्यूज । तेस्रो लघुवित्त सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलन दुईदिनसम्म संचालन हुने छ । यो लघुवित्त क्षेत्रमा क्रियाशील संस्था र त्यसका पदाधिकारीहरूको तेस्रो राष्ट्रिय सम्मेलन हो । सम्मेलनमा लघुवित्त क्षेत्रका सदस्यहरुको सहभागिता रहेको छ । आयोजक स्वाव्लम्बन विकास केन्द्रका अनुसार सम्मेलनमा लघुवित्त कार्यक्रम सञ्चालन गरेका २ सय संस्थाहरूबाट ६ सय जना सदस्य तथा संस्थाका प्रतिनिधिको सहभागिता छ । मुलुकभर रहेका ७९ वटा लघुवित्त वित्तीय संस्था र १ सय ५० वटा सहकारी संस्थाका प्रतिनिधि सहभागी भएको केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले बताउनुभयो ।

राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा.निलम ढुङ्गाना (तिम्सिना)ले बैकिङ प्रणालीमा देखिएको तरलता समस्या छिट्टै समाधान हुने बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै कायम मुकायम गभर्नर ढुङ्गानाले लघुवित्त तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्न आग्रह गर्नुभयो ।

बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेको उहाँको भनाइ छ । तरलता तथा ब्याजदरमा आएको उतारचढावको कारण समग्र अर्थतन्त्र र जनताले पिडा भोग्नु परेको कायम मुकायम गभर्नर ढुङ्गानाले बताउनुभयो । व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने पनि उहाँको भनाइ छ ।

नेपालको गरिवी निवारण तथा वित्तीय पहुँच भन्दा बाहिर रहेका जनसंख्याको २० प्रतिशत समुदायलाई लघुवित्त संस्थाहरु प्रभावकारी साधन भएको उल्लेख गर्नुभयो । ढुङ्गानाले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुत पनि अझै कुल जनसंख्याको १८ प्रतिशत हिस्सा गरिवीको रेखा मुनी रहेको बताउनुभयो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds