उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, हात्तिसार, काठमाडौँमा शुक्रबार बिहान ८ बजे सम्पन्न भएको हो ।

लघुवित्तले गत चैत २५ गतेदेखि ३० गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा कुल २३ लाख ५१ हजार ४६२ आवेदनबाट कुल २ करोड ६२ लाख ५७ हजार ६५० कित्ताका लागि आवेदन परेको थियो। जसमध्ये २ हजार ४०६ वटा आवेदन रद्द भएको छ भने २३ लाख ४९ हजार ५६ वटा आवेदन स्वीकृत भएको छ।

स्वीकृत आवेदनमध्ये २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। सोमध्ये भाग्यमानी ६ जनाले थप १ कित्ता प्राप्त गरेका छन्। बाँकी २३ लाख २६ हजार ९४१ आवेदकको हात खाली रहेको छ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.