लघुवित्त न्यूज । लघुवित्त कम्पनीको नाफा बढेको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा १७ प्रतिशतले नाफा बढेको हो । २८ लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीहरूको नाफा औसतमा १७.७४ प्रतिशतले बढेको हो । उक्त कम्पनीहरूले यस अवधिमा ३ अर्ब ८७ करोड २४ लाख रूपैयाँ नाफा कमाएका छन् । गत आवको यसै अवधिमा कम्पनीहरूले ३ अर्ब २८ करोड ६९ लाख ७५ हजार रूपैयाँ खुद नाफा कमाएका थिए ।
सबैभन्दा धेरै नाफा जीवन विकास लघुवित्तले कमाएको छ । लघुवित्तले यस अवधिसम्ममा ५७ करोड ७५ लाख ९८ हजार रूपैयाँ नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीको खुद नाफा २.४२ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा लघुवित्तले ५६ करोड ३९ लाख ४० हजार रूपैयाँ नाफा कमाएको थियो ।
२८ लघुवित्तमध्ये ७ वटाको खुद नाफामा घटेको छ । २१ वटा कम्पनीले गत आवको सोही अवधिको तुलनामा नाफा बढाएका छन् । यो अवधिमा कालिका लघुवित्तले सबै भन्दा धेरै प्रतिशतले नाफा बढाएको छ ।
गत आवको यसै अवधिको तुलनमा कालिका खुद नाफा ८६.१४ प्रतिशतले बढेको हो । चालु आवको चैत मसान्तसम्ममा कालिकाले ११ करोड १८ लाख ६४ हजार रूपैयाँ नाफा कमाएको हो । गत आवको यसै अवधिमा कम्पनीले ६ करोड ९७ लाख रूपैयाँ थियो ।
नाफा वृद्धि गर्ने लघुवित्तहरुमा फस्ट माइक्रो फाइनान्स, कालिका लघुवित्त, नेरूडे लघुवित्त, आरएमडिसी लघुवित्त, स्वारोजगार लघुवित्त, समिट लघुवित्त, मिर्मिरे लघुवित्त, जनउत्थान लघुवित्त, आएसडिसी, मेरो माइक्रो फाइनान्स, आशा लघुवित्त, सिभिल लघुवित्त, इन्फिनिटी लघुवित्त, महिला लघुवित्त, महुली लघुेवित्त एनआइसी एशिया लघुवित्त, साधना लघुवित्त, राष्ट्र उत्थान लघुवित्त रहेका छन् ।
यस्तै, साधना लघुवित्त, आधिखोला लघुवित्त र मानुषि लघुवित्तले पनि नाफा बढाएका छन् । यस्तै, विजय लघुवित्त, नाडेप लघुवित्त, समता घरेलु लघुवित्त, ग्लोवल आईएमई लघुवित्त, गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र आरम्भ रचौतारी लघुवित्तको नाफा भने घटेको छ ।
सबैभन्दा धेरै नाफा नाडेप लघुवित्तको घटेको छ । नाडेपको नाफा ४९.९८ प्रतिशतले घटेर १२ करोड १५ हजार रूपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिमा कम्पनीले १० करोड ६७ लाख ६५ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।
गुराँस लघुवित्तको नाफा ४७.९२ प्रतिशतले घटेर १ करोड ५ लाख १४ हजार रूपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिमा कम्पनीले २ करोड १ लाख ८९ हजार रूपैयाँ नाफा कमाएको थियो ।
यस्तै, आरम्भ चौतारीको नाफा ३७.१९ प्रतिशत, स्वाभिमान लघुवित्तको १६.१४ प्रतिशत, समता घरेलुको १८.७५ प्रतिशत, विजय लघुवित्तको १०.९५ प्रतिशत र ग्लोबल आईएमई लघुवित्तको नाफा ३१९ प्रतिशतले घटेको छ ।