लघुवित्त  न्यूज । नेपाल राष्ट्र बैंकले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित बोनस सेयर कटौती गरेको छ। राष्ट्र बैंकले गत वैशाख २१ गते संस्थालाई पत्र पठाउँदै गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरमा कटौती गरेको हो।

यसअघि किसान लघुवित्तले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट संस्थाको चुक्तापुँजी ३९ करोड २८ लाख ८ हजार ७७५.२५ रुपैयाँबाट २५ प्रतिशत हुन आउने ९ करोड ८२ लाख २ हजार १९४ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो। सोहीअनुसार संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको थियो।

राष्ट्र बैंकले भने स्वीकृति पत्र पठाउँदै चुक्तापुँजीको २० प्रतिशतले हुने रकम ७ करोड ८५ लाख ६१ हजार ७५५.०५ रुपैयाँबराबरको बोनस सेयर ऐन तथा नियमावली र अन्य प्रचलित कानुनी व्यवस्थासमेत पालना गर्ने गरी संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गरेको छ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.