फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा वृद्धि भएको छ । संस्थाको चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमाको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७० करोड ९१ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यही अवधिको तुलनामा ९६.१३ प्रतिशतले बढेको हो ।

गत वर्ष यही अवधिमा संस्थाले ३६ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ८४.६३ प्रतिशतले बढेर १ अर्ब ४ करोड रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ५६ करोड ८१ लाख रुपैयाँमा सीमित थियो । समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशतले बढेर १ अर्ब ११ करोड रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी ८५ करोड ३१ लाख रुपैयाँ थियो ।

चुक्तापुँजी ८४ करोड ४४ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमासमा १० अर्ब १४ करोड रुपैयाँ सापटी लिई २० अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यही अवधिमा संस्थाले ८ अर्ब ७५ करोड रुपैयाँ सापटी लिई १५ अर्ब ३३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
यस अवधिमा संस्थाको रिजर्भको आकार ६४.४६ प्रतिशतले बढेर १ अर्ब ७३ करोड रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर १.८६ प्रतिशत पुगेको छ । गत वर्ष एनपीएल २.७९ प्रतिशत थियो । संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १११.९७ रुपैयाँ, पीई रेसियो १९.८७ गुणा, प्रतिसेयर नेटवर्थ ३०५.२२ र तरलता अनुपात ५.३६ प्रतिशत रहेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.