लघुवित्त  न्यूज ।  लक्ष्मी लघुवित्तले प्रदेश नं. १ मा प्रदेश कार्यालय र थप ३ शाखाको शुभारम्भ गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्मा तथा संस्थाका सञ्चालन समितिका सदस्य गणेश भट्टराईले प्रदेश नं. १ मा प्रदेश कार्यालय लगायत मोरङ जिल्लाको सुन्दरहरैचा, झापा जिल्लाको राजगढ र शिवसताकक्षी शाखाहरुको संयुक्त रुपमा औपचारिक उद्घाटन गर्नुभएको हो ।

सोही अवसरमा प्रदेश नं. १ अन्र्तगका विभिन्न शाखाहरु सुनसरी जिल्लाको कालाबन्जर, तेह्रथुमको शुक्रबारे, धनकुटाको सिन्धुवा र झापाको शनिश्चरे शाखाहरुको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

उक्त समयमा कर्मचारीहरु संग शाखाको वस्तुस्थिती, सवल पक्ष साथै समस्या र चुनौतीलाई अवसरमा बदल्न सकिने भावी योजनाका विषयहरुमा छलफल गर्नुभएको थियो ।

साथै ग्राहक सदस्यहरुका परियोजना भ्रमण र कर्जाको सदुपयोगिताको बारेमा ग्राहक सदस्यहरुसँग अन्तक्र्रिया समेत गर्नुभएको थियो ।
उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृतले संस्थामा आवद्घ ग्राहक सदस्यहरुलाई वित्तिय कारोबारहरु डिजिटल माध्यमको प्रयोग गरी उच्चतम लाभलिन सकिने सुझाव दिनुभयो । संस्थाको भावी रणनिती र योजना समेत डिजिटल प्रविधिलाई आत्मसाथ गर्न रहेको सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।

कुखुरापालन र उन्नत तरकारी खेती तालिम

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले नुवाकोटको बट्टार र धादिङको महादेववेशी शाखामा आवद्ध ग्राहकहरुलाई क्रमशः व्यवसायिक कुखुरापालन र उन्नत तरकारी खेती तालिम प्रदान गरेको छ ।
जेठ ०६ गतेदेखि ०९ गते सम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ७३ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको थियो ।

तालिमको माध्यमबाट ग्राहकसदस्यहरुको सीप र क्षमता अभिवृद्धि गरी कर्जाको उपयोग व्यवसायिक उत्पादनशिल क्षेत्रहरुमा मात्र प्रयोग गर्न प्रेरित गर्ने उदेश्यले उक्त तालिम आयोजना गरिएको थियो । तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषि विशेषज्ञ) ओम प्रकाश भुसालले गर्नुभएको थियो ।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण,ट्यावलेट बैकिङ्ग, ई–सेवा, कनेक्ट आईपिएस र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले विभिन्न किसिमका क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।

...
लघुवित्तमैत्री सरकारी नीति आवश्यक छ : जनार्दन देव पन्त (सीईओ निर्धन उत्थान)

जनार्दन देव पन्त निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ । यस लघुवित्तले देशभरिका ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा शाखा सञ्जालमार्फत आफ्नोसेवा प्रदान गर्दै आएको छ । साथै यस लुघवित्तका सीईओ पन्त लघुवित्त कार्यक्रमका साथै नेपाली अर्थतन्त्रको बारेमा पनि विशेष जानकार मानिनुहुन्छ । यसै सन्दर्भमा नेपाली अर्थतन्त्रमा लघुवित्त संस्थाहरुको योगदान […]