लघुवित्त  न्यूज । पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री नियुक्त हुनभएको छ ।
संस्थाको सञ्चालक समितिको बैठकको निर्णयानुसार यसै संस्थाका सञ्चालक रहनुभएका क्षेत्री सर्वसम्वत रुपमा अध्यक्ष पदमा चयन हुनुभएको हो ।

यसअघिका अध्यक्ष कृष्ण खाँड वालिद्ध नगरपालिकाको मेयरमा निर्वाचित भएपछि सो जिम्मेवारीमा कालिका लघुवित्तको बोर्डले क्षेत्रीलाई सर्वसम्वत चयन गरेको बताइएको छ ।

महाशिला गाउँपालिका वडा नं.४ पाखापानी पर्वत स्थायी ठेगाना भई हाल कुस्मा नगरपालिका वडा नं.६ मा बसोवास गर्ने क्षेत्रीले कानुन विषयमा स्नातक साथै मानविकी र समाजशास्त्र विषयमा स्नाकोत्तर गर्नुभएको छ ।

उहाँ २०४६ देखि २०५० सम्म शिक्षण पेशामा, वि.सं.२०५५ देखि २०७४ सम्म जि.वि.स.लगायत विभिन्न संघ संस्थामा कानुनी सल्लाहकार साथै वि.सं.२०५१ देखि हाल सम्मव कालत पेशामा आवद्ध हुनुहुन्छ ।

...
लघुवित्तमैत्री सरकारी नीति आवश्यक छ : जनार्दन देव पन्त (सीईओ निर्धन उत्थान)

जनार्दन देव पन्त निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ । यस लघुवित्तले देशभरिका ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा शाखा सञ्जालमार्फत आफ्नोसेवा प्रदान गर्दै आएको छ । साथै यस लुघवित्तका सीईओ पन्त लघुवित्त कार्यक्रमका साथै नेपाली अर्थतन्त्रको बारेमा पनि विशेष जानकार मानिनुहुन्छ । यसै सन्दर्भमा नेपाली अर्थतन्त्रमा लघुवित्त संस्थाहरुको योगदान […]