लघुवित्त  न्यूज । सरकारले आफ्नो नीति तथा कार्यक्रममा डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार संघीय संसदमा प्रस्तुत गर्दै डिजिटल भुक्तानीलाई सहज बनाउने कार्यक्रम ल्याउने बताउनुभयो ।

यस्तै सरकारको नीति तथा कार्यक्रममा पुँजी बजारलाई प्रभावकारी बनाइने, डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्ने र बीमालाई उत्पादकतवसँग जोड्ने लगायतका विषय समेटिएको छ । नीति तथा कार्यक्रममा भनिएको छ, ‘ डिजिटल बैंकिङको अवधारणा अन्तर्गत सबै काम डिजिटल बैंकिङ मार्फत् गर्ने व्यवस्था गरिनेछ ।’

के हो डिजिटल बैंकिङ ?

डिजिटल बैंकिङ अर्थात् भौतिक रुपमा उपस्थित नभइ आधुनिक सूचना तथा प्रविधिको उपयोग गरेर गरिने बैंकिङ प्रणालीका रुपमा लिन सकिन्छ । अर्थात् डिजिटल बैंकिङ एक नयाँ युग हो । अब हामीले पहिलेको जस्तो पैसाको लेनदेन गर्नका लागि बैंकको शाखाहरुमा धाइरहन पर्दैन ।

घरमै बसेर केही मिनेटमै कम्प्यूटर, ल्यापटप र स्मार्टफोन आदिको प्रयोगबाट सबै बैंकिङ सुविधाहरु प्राप्त गर्न सकिन्छ । यसको अतिरिक्त पैसा पनि लाग्दैन । डिजिटल बैंकिङले ग्राहकहरुको दैनिकी एवं जीवनशैलीमा बैंकलाई प्रविधिबाट सम्बन्ध जोड्ने गर्दछ ।

पहिले हामी पैसा निकाल्न घण्टौसम्म लाइन बस्नुपर्ने बाध्यता थियो भने अहिले एटिएमको माध्यमबाट सजिलै केही छिनमै नगद प्राप्त गर्न सक्छौं । यस डिजिटल युगले सबैकुरा सहज बनाइदिएको छ, हामी जुनसुकै स्थानमा गएर डेबिट कार्डद्धारा नगद बिना नै कुनै पनि वस्तु तथा सेवाको उपभोग गर्न सक्छौ । जसबाट नगद बोक्न हुने झन्झट, हराउने, चोरी हुने जोखिमबाट बच्न सकिन्छ ।

नेपालमा डिजिटल बैंकिङ

नेपालमा डिजिटल बैंकिङ सन् १९९३ तिर सुरु भएको हो । यस्तै, इन्टरनेट बैंकिङको थालनी सन् २००२ मा भएको हो । यस्तै, सन् २००३ मा भिसा डेबिट कार्ड र २००४ मा मोबाइल बैंकिङ सुरु भएको पाइन्छ । यद्यपी यसको प्रयोग र विस्तारमा केही समय भने लाग्यो । तर पछिल्लो समय कोरोना माहामारीको रोकथाम एवं नियन्त्रणका लागि गरिएको लकडाउन होस् वा अन्य विभिन्न समयमा डिजिटल बैंकिङ प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । खाता खोल्ने, भुक्तानी गर्ने, पैसा पठाउने, ऋण आवेदन दिने जस्ता बैंकिङ सेवाहरू अहिले घर बसेरै गर्न सकिन्छ ।

यसर्थ, सूचना प्रविधिमा भएको विकाससँगै डिजिटल बैंकिङ साझा रुचि एवं चासोको विषय बनेकाले यसको प्रयोगकर्ताहरु दिनानुदिन बढ्दै गएका छन् ।
आज हरेकको धेरै समय सामाजिक सञ्जाल तथा मोबाइल फोनमा व्यतित हुन्छ र यो सबैको पहुँचमा पनि छ ।

यस्तो प्रविधिमार्फत मानिसहरुलाई बैंकसँग जोड्न र जोडिन पनि सहज छ । यस प्रकारको बैंकिङ प्रविधिले घरमै बसेर सबै कारोबार गर्न सहज हुन्छ । साथसाथै यस माहामारीमा शारीरिक दूरी पनि कायम हुन्छ । यस बाहेक, कम्पनीहरुले डिजिटल भुक्तानीबाट आफ्नो ग्राहकहरुलाई छूट र क्यासब्याकको आकर्षक अफरहरु समेत प्रदान गरिरहेका हुन्छन् ।

आजभोली क्यासलेस कारोबार रुचि, चासो र भरपर्दो माध्यम बनेको छ । यसको प्रयोग पनि सहज, सरल र भरपर्दो छ । आज लगभग हरेक साना, ठूला शहरहरुमा यसको प्रयोग बढीरहेको छ । कुनै पनि स्थानमा वस्तु तथा सेवाको उपभोग गरेवापत पैसाको साटो डिजिटल पेमेन्ट गर्न सकिन्छ । हरेक साना ठुला पसलमा क्यु आर कोडको उपलब्धता रहेको छ । बैंकहरुले समेत सबै क्षेत्रमा क्यु आर कोड सेवा प्रदान गरिरहेका छन् ।

नेपाल सरकारले पनि डिजिटल कारोबारलाई प्रोत्साहित गर्न डिजिटल नेपाल फ्रेमवर्क २०७६ सार्वजनिक गरेको छ, उक्त डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत रहेको ८ वटा क्षेत्रहरु मध्ये एक महत्वपूर्ण क्षेत्रको रुपमा वित्तीय क्षेत्र पनि समावेश छ ।

जहाँ “डिजिटल नेपालका पहलले वित्तीय क्षेत्रलाई प्रोत्साहित गर्न डिजिटल प्रविधि तथा टेलिकमका प्रविधिबाट लाभ लिदै बैकिङ संञ्जालमा आवद्ध नभएका जनतालाई लक्षित गरेको छ ।

वित्तीय मध्यस्थता र वित्तीय लागत कम गर्ने प्रायोजनका लागि वित्तीय समावेशिता तथा आर्थिक समृद्धि बीच बलियो सम्बन्ध रहेकाले फिनटेकको प्रयोगबाट बैंकमा आवद्ध नभएका ५५ प्रतिशत जनतामा वित्तीय सेवाको पहुँच पुर्याउने, वित्तीय प्रणलीलाई पारदर्शी र जवाफदेही बनाउने र कर प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउने र कर प्रणालीलाई लागत कम गरी स्वेच्छिक कर सहभागिता प्रवद्र्धन र राष्ट्रिय राजश्वको संरक्षण गर्ने उदेश्य लिइएको छ ।” उल्लेख गरिएको छ ।

बढ्दो प्रयोगकर्ता

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको (गत साउनदेखि चैतसम्म) वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७८ अनुसार डिजिटल भुक्तानी प्रणाली मार्फत हुने कारोबार रकममा वृद्धि भएको छ । गत फागुन महिनाको तुलनामा चैत महिनामा आईपिएस, कनेट आईपिएस, मोबाइल बैंकिङ तथा वालेट तथा क्युआरमा आधारित भुक्तानी कारोबारमा रकममा वृद्धि भएको हो ।

बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चैतमा क्युआरमा आधारित भुक्तानी मार्फत ८ अर्ब ९४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत फागुन महिनामा यस्तो भुक्तानी ७ अर्ब ७६ करोड २० लाख रुपैयाँ बराबरको भएको थियो । आईपिएम मार्फत गत फागुन महिनामा १ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा चैत महिनामा १ खर्ब ८५ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ ।

गत महिनाको तुलनामा चैत महिनामा मात्रै १९ अर्ब ७३ करोड रुपैयाा बढीको कारोबार भएको हो । यस्तै, गत फागुन महिनामा कनेक्ट आईपिएस मार्फत २ खर्ब ७३ अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा चैत महिनामा २ खर्ब ९१ अर्ब २९ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

गत फागुन महिनामा मोबाइल बैंकिङ मार्फत १० खर्ब ७१ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा चैत महिनामा ११ खर्ब ५३ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत फागुन महिनाको तुलनामा इन्टरनेट बैंकिङ, वालेट र अनलाइन ९इ–कमर्श० हुने कारोबार रकममा कमी आएको छ ।

डिजिटल बैंकिङको प्रोत्साहनमा जोड, केही पहुँच बाहिर

बैंकहरुले डिजिटल बैंकिङको प्रोत्साहनका लागि ग्राहक सेवालाई राम्रो बनाउन सूचना र प्रविधिमा विशेष जोड दिएका छन् र यस क्षेत्रमा धेरै लगानी समेत गरेका छन् ।

कर्मचारीहरुलाई प्रशिक्षित गरेका छन् । यसको परिणामस्वरुप ग्राहकहरुले समेत घरमै बसेर बैंकिङ सुविधाको लाभ उठाइरहेका छन् । एटीएम, इन्टरनेट बैंकिङ, माबाइल बैंकिङ, मोबाइल वालेट आदिले बैंकिङ सहज बनाइदिएको छ । यसको कारण ग्राहकहरुको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ । उनीहरुको समय र पैसाको समेत बचत भइरहेको छ । तर पनि बैंकिङ क्षेत्रले दुई प्रमुख चुनौतीको सामना गरिरहेको छ ।

एक– देशका धेरै जनसंख्या बैंकिङ सुविधाबाट बन्चित छन् । उनीहरुको बैंक खाता छैन । उनीहरु आफ्नो बचत, ऋण तथा अन्य बैंकिङ आवश्यक्ता पूरा गर्न गैर बैंकिङ व्यवस्थामा आश्रित छन् । त्यहाँ उनीहरुको शोषण हुने गर्दछ । यो पनि उनीहरुको गरीबी र आर्थिक पिछडापनको एक कारण हो । उनीहरुलाई औपचारिक बैंकिङ व्यवस्था उनीहरुको पहुँचभन्दा बाहिरको लाग्छ यसर्थ उनीहरु गैर बैंकिङ व्यवस्थामा निर्भर रहन्छन् ।

दोस्रो– देशका धेरै मानिसहरु आज पनि बैंकिङको प्रयोगबाट टाढै छन् । किनभने केही यसको पहुँचबाट टाढा नै छन् । केही भने यस प्रविधिलाई लिएर विश्वस्त हुन सकेका छैनन् । जस्तै, मोबाइल बैंकिङ, बैंकिङको एक अत्यन्तै सरल र सस्तो विकल्प भएतापनि ग्राहकहरुबाट अपेक्षित लोकप्रियता पाउन सकिएको छैन ।

डिजिटल बैंकिङका फाइदाहरु

१. घरमै बसेर अनलाइन मार्फत देश, विदेशबाट डिजिटल भुक्तानी प्राप्त गर्न सक्नुहुन्छ ।
२. इन्टरनेट बैंकिङको सहयोगमा चेक बुक र एटीएम कार्ड को लागी आवेदन दिन सक्नुहुन्छ । बैंकमा धाइरहनु पर्दैन ।
३. तपाईले घरमै बसेर आफ्नो खाताको रकम जाँच गर्न सक्नुहुन्छ ।
४. यदि तपाई एक व्यापारी हुनुहुन्छ भने क्यु आर कोड मार्फत ग्राहक मार्फत भुक्तानी प्राप्त गर्न सक्नुहुन्छ ।
५. तपाईले आफ्नो मोबाइलबाट पसल, शपिङमल, होटल आदिमा अनलाइन भुक्तानी गर्न सक्नुहुन्छ ।

यसको प्रयोग सुरक्षित छ, ह्याक हुने सम्भावना छ

यो एक महत्वपूर्ण प्रश्न हो जुन सबैको चासोको विषय बनेको छ । के यसको प्रयोग सुरक्षित छ रु के यसलाई ह्याक गर्न सकिन्छ रु जवाफ– यसको प्रयोग सुरक्षित छ । डिजिटल बैंकिंग प्रणाली ह्याक गर्न कठिन छ । तर यदि हामी यसको प्रयोगमा लापरवाह गर्छौ भने नोक्सान पनि हुन सक्छ । हाम्रो डिजिटल अकाउन्ट सुरक्षित राख्नका लागि केहि महत्वपूर्ण बिषयहरुमा ध्यान दिन आवश्यक हुन्छ ।

१. आफ्नो डेबिट कार्ड नम्बर, म्याद सकिने मिति, इन्टरनेट बैंकिङसँग सम्बन्धित आईडी र पासवर्ड कसैसग सेयर नगर्नुहोस् ।
२. बैंकहरुले कहिल्यै पनी ग्राहकहरुलाई खातासँंग सम्बन्धित कुनै जानकारी सोध्न फोन गर्दैनन् । त्यसैले फोन मार्फत कसैले खाताका बारेमा सोधखोज गरेमा कुनै जानकारी नदिई सम्बन्धित निकायमा तुरुन्त सम्पर्क गर्नुहोस् ।

डिजिटल हुनुको अर्थ के हो र ?

आम सर्वसाधारणका लागि डिजिटल बन्नुको अर्थ हो । नगद लेनदेनबाट बचेर अनलाइन (मोबाइल, डेबिट कार्ड आदि) लेनदेन को उपयोग गर्नु, कागजी कामलाई कम गर्नु । सरकारी तथा बैंकिङ कार्यका साथै व्यापारिक गतिविधिमा पारदर्शिता आउनु । जालसाजी ठगी र घूसखोरी आदि बाट बच्नु ।

डिजिटल बैंकिङको सहज प्रयोगमा मोबाइल बैंकिंङ

मोबाइल आज हरेक मानिसहरुको आवश्यकता हो र यो सबैको पहुँचमा समेत छ । मानिसहरु आफ्नो सबै काम मोबाइलबाट नै गर्न सहज मान्छन् । यसै कारणले धेरै जसो मानिसहरु आजकल मोबाइल बैंकिङको अधिक उपयोग गर्छन् । मोबाइल बैंकिङ एक यस्तो प्रणाली हो जसको माध्यमबाट मानिसहरु आफ्नो फोनको माध्यमबाट सबै बैंकिङ सुविधाहरुको लाभ उठाउन सक्छन् । मोबाइल बैंकिङ भविष्यमा पनि अधिक सुविधाजनक र सजिलो हुने अपेक्षा गर्न सकिन्छ ।

डिजिटल बैंकिङ लोकप्रिय बनाउनका लागि के गर्ने ?

डिजिटल प्रयोग देशको विकास अत्यावश्यक छ । यसका लागि बैंकको महत्वपूर्ण योगदान छ । किनभने बैंक अर्थव्यवस्थाको जग हो । यो एक महत्वपूर्ण सुरुवात हो । यसको प्रयोगबाट पारदर्शिता, सबै क्षेत्रमा सेवाको सहज र सरल पहुँच र अर्थव्यवस्थालाई नगदरहित हुन सक्छ । यस्तै, डिजिटल बैंकिङ लोकप्रिय बनाउनका लागि वित्तीय साक्षरतामा जोड दिन आवश्यक छ । यसका लागि बैंक क्षेत्रमा समेत आपसी सहयोगको आवश्यकता छ । अर्थात् गाउँ–गाउँमा वित्तीय साक्षरताको स्तरमा सुधार गर्न सकियोस् । विशेषगरी दुर दराज क्षेत्रमा हुने डिजिटल बैंकिङको विस्तारमा सहयोग मिल्न सकोस् ।

...
लघुवित्तमैत्री सरकारी नीति आवश्यक छ : जनार्दन देव पन्त (सीईओ निर्धन उत्थान)

जनार्दन देव पन्त निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ । यस लघुवित्तले देशभरिका ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा शाखा सञ्जालमार्फत आफ्नोसेवा प्रदान गर्दै आएको छ । साथै यस लुघवित्तका सीईओ पन्त लघुवित्त कार्यक्रमका साथै नेपाली अर्थतन्त्रको बारेमा पनि विशेष जानकार मानिनुहुन्छ । यसै सन्दर्भमा नेपाली अर्थतन्त्रमा लघुवित्त संस्थाहरुको योगदान […]