लघुवित्त न्यूज । महुली लघुवित्त वित्तीय संस्थाको रिभिजनिङ कन्फ्रेन्स सम्पन्न भएको छ । चितवनको सौराहामा १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

सम्मेलनमा संचालक समिति, संस्थापक तथा सर्वसाधारण शेयरधनीहरु, संस्थामा आवद्ध सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो । सम्मेलनको पहिलो दिनमा वित्तीय संस्थाले लिएको विगत वर्षहरुमा लक्ष्य अनुसार भएका प्रगतिका बारेमा संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत सरोज कुमार सिंहले प्रतिवेदन पेस गर्नुभएको थियो ।

सम्मेलनमा संचालक समिति, शेयरधनी, ग्राहक सदस्य, व्यवस्थापन र कर्मचारीहरुको विभिन्न प्यानल सदस्यहरु रहि लघुवित्त कार्यक्रमले गरिबी निवारण तथा अति विपन्न परिवारको वित्तीय पहुँचमा पुर्याएको योगदान, लघुवित्तले सदस्यको आय स्तर, रोजगारी, उद्यमशिलता तथा व्यवसाय बिस्तारमा गरेको योगदान, सदस्यहरुको संस्था प्रतिको धारणा, संस्थाले उपलब्ध गराएको सेवाहरुमा सदस्यहरुको सन्तुष्टी, शेयरधनीको संस्थाले उपलब्ध गराएको प्रतिफल प्रतिको धारणा, तरलताको कारण कार्यक्रममा पारेको प्रभाव, शाखा कार्यलयहरुमा भएको गतिविधि, कर्मचारीहरुको योगदान, अवसर, वृत्ति विकास र चुनौती लगायतका विषयमा छलफल गरिएको थियो ।

सम्मेलनको दोस्रो दिन लघुवित्त क्षेत्रमा सुचना तथा प्रविधिको आवस्था ,संस्थाको सुचना तथा प्रविधिमा भएको विकास, कार्यक्रम विस्तार तथा वित्तीय र गैर वित्तीय योजनाहरु विभिन्न विभागहरुको प्रस्तुतीकरण रहेको थियो ।

त्यस्तै, उक्त सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले संस्थाले हालसम्म प्राप्त गरेको प्रगति विवरण र आगामी ५ बर्षमा संचालन गर्न सकिने कार्यक्रमहरु बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यपत्र माथि उपस्थित सदस्यहरु, कर्मचारीहरु र शेयरधनीहरु लगायत सबैले टिप्पणी, सुझाब र मार्गनिर्देशन लिई संस्थाका अध्यक्ष प्रभु नारायण चौधरीमार्फत १२ बुँदे घोषणपत्र जारी गरिएको थियो ।

दुई दिने सम्मेलनको सञ्चालन वित्तीय संस्थाकी वरिष्ठ अधिकृत कल्पना अधिकारीले गरेकी थिइन् भने सम्मेलनको सहजकर्ताहरुमा शाखा प्रवन्धक हेमराज दाहाल, वित्त विभाग प्रमुख राजन मगर, सामान्य प्रशासन तथा मानव संसाधन व्यबस्थापन विभाग प्रमुख रमेश चौधरी, प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सञ्चालक भानुभक्त निरौलाले गर्नुभएको थियो ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको महुली लघुबित्त वित्तीय संस्था लघुवित्तले ७ प्रदेशको ३४ जिल्लामा ६४ वटा शाखा कार्यालयहरु मार्फत ७७,००० सदस्यहरुलाई लघुवित्त सेवा प्रवाह गर्दै आइरहेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.