लघुवित्त न्यूज ।  एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लि.ले २०७८ चैत्र २३ गते बाट संस्थामा आवद्ध तथा सम्भाव्य सेवाग्राही सदस्यहरुका लागी‘सर्वश्रेष्ठ सबल बचत खाता’सञ्चालनमा ल्याएको छ । आम जनमानसको वित्तीय आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथाबजारको सूक्ष्म रुपकोअध्ययन तथा विश्लेषण गरी संस्थाको निक्षेप योजनाहरूलाई सोहीअनुरुपनिरन्तर रुपमा थप सेवाग्राहीमैत्री, प्रभावकारी तथावित्तीय क्षेत्रकै उत्कृष्ट बनाउने अभिप्रायका साथ संस्थाले सर्वश्रेष्ठ सबल बचत खाता सञ्चालनमा ल्याएको हो । सर्वश्रेष्ठ सबल बचत खाता खोल्ने सेवाग्राहीहरूले १० प्रतिशत देखि १३ प्रतिशत सम्मब्याज, कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट, बचतको आधारमा १ लाख देखि ५ लाख सम्मको दुर्घटनामा बिमा समेत प्राप्त गर्न सक्नेछन् ।

सबल बचत खाताकाबिशेषताहरु :

* सर्वश्रेष्ठ बचत खातामाबार्षक १० देखि १३ प्रतिशतसम्मबार्षिक व्याजदर कायम गरिएको छ ।
* पाकेको ब्याजखातामा त्रैमासिक रुपमा जम्मा गरिन्छ ।
* सेवा शुल्कमा कर्जा लगानी रकमको ०.२५% ।
* बिनाधितो कर्जामाकर्जाको व्याजदरमा ०.२५% रहेको छ ।
* धितो कर्जामाकर्जाको व्याजदरमा ०.५०% छुट रहेको छ ।
* बचतको आधारमा १ लाख देखि ५ लाख सम्मको दुर्घटनामा बिमा रहेको छ ।
* यस बचत खातामाब्द्यद्यक्को सुविधाउपलब्धभएकोले जुनसुकै शाखाबाट पनिझिक्न/राख्न मिल्छ
* सदस्यले ई–सेवामार्फत पनिआवश्यकविवरण भरि बचत रकम जम्मा गर्न सक्नुहुनेछ ।

संस्थाले आफ्नो रणनिति अनुरुप नवीन प्रविधिलाई जोड दिदै संस्थाको दैनिक कृयाकलापतथा सेवाग्राही सदस्यहरुलाई परिस्कृत सेवाप्रवाह गर्दै आईरहेको छ । जस अनुसार ई–सेवामार्फत रकमभुक्तानीतथाआर्थिक कारोबारहरुको जानकारी एस.एम.एस  मार्फत हुने प्रणाली सुचारु भईसकेको छ । त्यस्तै संस्थाले नयाँ उत्पादनमूलक,उद्यमशीलता तथा अनुशासन्धानात्मक क्षेत्रहरुमा लगनी एवं अवसरहरुको निरन्तर खोजीगरिरहेको छ ।

वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्थाप्रतिको भरोसाले गर्दा यो वित्तीय संस्थाले मुलुकभर ७४ जिल्लामा २८५ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.