जनार्दन देव पन्त निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ । यस लघुवित्तले देशभरिका ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा शाखा सञ्जालमार्फत आफ्नोसेवा प्रदान गर्दै आएको छ । साथै यस लुघवित्तका सीईओ पन्त लघुवित्त कार्यक्रमका साथै नेपाली अर्थतन्त्रको बारेमा पनि विशेष जानकार मानिनुहुन्छ । यसै सन्दर्भमा नेपाली अर्थतन्त्रमा लघुवित्त संस्थाहरुको योगदान र लघुवित्त कार्यक्रमका चुनौति लगायतका विषयमा लघुवित्त न्यूज डटकमले सिईओ पन्तसँग कुराकानी गरेको छ । प्रस्तुत छ सीईओसँग लघुवित्त न्यूजले गरेको कुराकानीको सम्पादित अंश ।

नेपालमा समग्र लघुवित्तको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

नेपालमा लघुवित्त क्षेत्रले वित्तीय पहुँच, महिला सशक्तीकरण तथा गरिवी निवारणमा एक चरण पार गरिसकेको छ । हाल लगानी योग्य रकमको अभाव तथा उच्च लागतका कारण लघुवित्तहरुको सञ्चालन गर्ने परिस्थिति अनुकूल देखिएको छैन ।

एउटै ग्राहक धेरै संस्थामा सदस्य बनेर ऋण उपभोग गरिरहेको स्थिति छ । कतिपय दुर्गम क्षेत्रमा अझै पनि लघुवित्त संस्थाहरु पुग्न सकेका छैनन् । तसर्थ, दुर्गम क्षेत्रमा लघुवित्त संस्थाहरुको वित्तीय पहुँच पुर्याउन लघुवित्त मैत्री सरकारी नीति तथा अनुदानको आवश्यकता देखिएको छ ।

लघु उद्यमीहरुलाई व्यवसायिक बनाउन के–के गर्नुपर्ला ?

हामीले सोचेको र गरी आएको कामहरु वित्तीय साक्षरता, बचतको प्रोत्साहन, सीप विकास तालिम, ऋणको सदुपयोगका कारण लघुउद्यमहरु संचालनमा आईरहेका छन् ।

लघुउद्यमी बनेपछि आफ्नो उत्पादनको गुणस्तर कायमगर्ने र बजारको माग अनुसार उत्पादित बस्तु तथा सेवाको परिमार्जनका साथै विविधिकरण गर्दै जाने क्षमताको विकास गर्नुपर्ने हुन्छ ।

साथै आफ्नो बस्तु तथा सेवाको बारेमा निर्धक्कसँग बजारिकीकरण गर्ने क्षमताको विकास गर्न आवश्यक देखिन्छ । उद्यमीहरुको समग्र विषयबस्तुको ज्ञान प्राप्ती पश्चात् उनीहरु अझ व्यवसायिक भई समाजमा उदाहरणीय बनेर थप उत्पे्ररित भई सफल व्यवसायी भएर निस्कने छन् ।

लघुवित्त र वित्तीय साक्षरतालाई एक अर्काका परिपूरक मानिन्छ । त्यसैले लघुवित्तको विकास र वित्तीय साक्षरताका लागि के के गर्नुपर्छ ?

लघुवित्त व्यवसायको परम्परागत ढाँचामा फेरबदल आवश्यक भइसकेको छ । साथै वित्तीय साक्षरता पनि नयाँ विषयवस्तु समेटेर अघि बढाउनुपर्ने भएको छ ।

तसर्थ, लघुवित्त क्षेत्रको विकासको लागि विशेष गरेर सूचना प्रविधिमैत्री वित्तीय कारोवार, चुस्तदुरुस्त व्यवस्थापन तथा प्रभावकारी लेखा प्रणालीमा दक्ष जनशक्तीको आवश्यकता देखिएको छ ।

विश्वमा धनीहरुले बैंकबाट सस्तो व्याजमा पैसा लिइरहेका हुन्छन्, तर यतागरिबहरुले लघुवित्तबाट महंगो व्याजमा ऋण लिइरहेका छन् यसलाई समानबनाउन के गर्नु पर्ला ?

बैंक र लघुवित्तका ग्राहक तथा तिनका आवश्यकताहरु फरक–फरक छन् । लघुवित्तका ग्राहकलाई दिइएको वित्तीय पहुँच, तिनिहरुलाई प्रदान गरिने सामाजिक सूरक्षातथा गैर वित्तीय सेवाहरुको आधारमा हेर्ने हो भने लघुवित्तको १५ प्रतिशतव्याजमहंगोहोइन। कर्मशियल र विकास बैंकहरुले पनि १५ प्रतिशतको वरिपरि ब्याजलिइरहेका छन् ।

कर्मशियल बैंकको व्याजदर समान बनाउनन सकिने भने हैन त्यसका लागि गरिबमैत्री सरकारी नीति तथा अनुदानको आवश्यकता पर्दछ । तर देश विकासका लागि बजारमूखी अर्थतन्त्रको नीति अँगाल्ने हो भने अनुदान घटाउँदै लग्नुपर्ने हुन्छ ।

धेरै संख्यामा लघुवित्त भएपनि ग्रामिण क्षेत्रको अर्थतन्त्रको विकासमायसको प्रभाव धेरै देखिएको पाइदैन । के गरियो भने ग्रामिण विकासमा लघुवित्त महत्वपूर्ण बन्न सक्छ ?

संख्यामा भन्दा गुणात्मकतामा जोड दिएर दुर्गम क्षेत्रमालघुवित्तको सेवा अझ विस्तार गर्नुपर्दछ । अघि भनिएझैं कतिपय क्षेत्रमा लघुवित्त संस्थाहरु पुग्न सकेका छैनन् र जहाँ पुगेका छन् त्यहाँ एउटै व्यक्तिलाई धेरै संस्थाले लगानी गर्ने प्रवृत्ति देखिएको छ । संस्थाहरुले आफ्नो लगानीग्राहकले वस्तु तथा सेवाको उत्पादन प्रकृयामा संलग्न लगाएको छ भन्ने सुनिश्चित गर्नु पर्दछ ।

लघुवित्त सञ्चालन गर्नुको उद्देश्यहरु के-के हुन् ?

लघुवित्त सञ्चालनका मुख्य उद्देश्यहरु ग्रामिण क्षेत्रमा वित्तीय पहुँच, महिला सशक्तीकरण तथा गरिवी निवारणमा योगदान पुर्याउनु हो ।

साथै यस सामाजिक उद्देश्यहरुसहितको व्यवसाय संचालनबाट संस्थागत दीगोपनाका लागि उचित मुनाफा आर्जन गर्नु पनि संस्था संञ्चालनको उद्देश्य हो ।

लघुवित्तहरु त्यो उद्देश्य पूरा गर्न तर्फ अग्रसर छन ?

समग्रमा लघुवित्तहरु उपरोक्त उद्देश्यहरु पूरा गर्नतर्फ अग्रसर छन् । तर केही संस्थाहरुको कर्जा दुरुपयोग हुँदा समग्र लघुवित्त क्षेत्र बदनाम हुने खालका समाचारहरु बेलाबेलामा सम्प्रेषित भईरहेका छन् । त्यसैले हामीले सदस्यहरुमा व्यवसायिक परियोजनाको आवश्यकता अनुसार मात्र कर्जा लिन र सदुपयोग गर्न जोड दिएका छौं ।

गरिबी निवारण गर्ने लक्ष्य कँहा पुग्यो, कँहा चुक्यो ?

लघुवित्त सञ्चालनको एउटा उद्देश्य गरिवी निवारणमा योगदान पुर्याउनु हो । केहि दशक अघि गरिबीको रेखामुनी लगभग ५० प्रतिशत जनसंख्या रहेकोमा हाल १७ प्रतिशतमा झरेको र त्यसमा लघुवित्त क्षेत्रको उल्लेखनीय योगदा नरहेको छ । तर लघुवित्त क्षेत्रले चाहेर मात्र गरिवी निवारण पुरै हुन सक्दैन ।

अति दुर्गम क्षेत्रमा लघुवित्तका शाखाहरु विस्तारमा सरकारले पनि केही नीतिगत सहुलियत तथा प्रोत्साहन दिएमा सबै क्षेत्रमा वित्तीय पहुँच चाँडो सुनिश्चित हुने थियो ।

लघुवित्त क्षेत्रले कस्तो प्रकारको मौद्रिक नीतिको अपेक्षा गरेको छ ?

मौद्रिक नीति, आ.व. २०७९/८० को नीति तथा कार्यक्रमकै आधारमा आउने र त्यसमा लघुवित्त क्षेत्र मैत्री केही व्यवस्थाहरु हुनेमा हामी विश्वस्त छौं ।

विशेषत: लगानी योग्य कोषको समस्या हल गर्नका लागि कर्मशियल बैंकहरुको आधार दर (base rate) मा बढीमा एक प्रतिशत थपमा विपन्न बर्ग अन्तर्गतको कर्जा लघुवित्तले पाउने अवधारणा तथा दुर्गम क्षेत्रमा सेवा विस्तारका लागि सहुलियत तथा प्रोत्साहनको व्यवस्था कार्यान्वयनमा आउने अपेक्षा छ ।

साथै लघुवित्त संस्थाहरुले आफ्ना सदस्यहरुबाट लामो समयको बचत परिचालन गर्न सक्ने प्रावधान आएमा लगानीयोग्य रकमको जोहो गर्न सहजता हुने समेत अपेक्षा गरिएको छ ।

...
लघुवित्तमैत्री सरकारी नीति आवश्यक छ : जनार्दन देव पन्त (सीईओ निर्धन उत्थान)

जनार्दन देव पन्त निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ । यस लघुवित्तले देशभरिका ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा शाखा सञ्जालमार्फत आफ्नोसेवा प्रदान गर्दै आएको छ । साथै यस लुघवित्तका सीईओ पन्त लघुवित्त कार्यक्रमका साथै नेपाली अर्थतन्त्रको बारेमा पनि विशेष जानकार मानिनुहुन्छ । यसै सन्दर्भमा नेपाली अर्थतन्त्रमा लघुवित्त संस्थाहरुको योगदान […]