लघुवित्त न्यूज । आँधिखोला लघुवित्त वित्तीय संस्थाले Role of Loan Officer and DeliquencyManagent तालिम प्रदान गरेको छ । स्याङ्जाको वालिङस्थित होटल गाँउवेशीमा जेठ २७ र २८ गते संचालन भएको कार्यक्रममा करिब ५० जना कर्मंचारीहरुको सहभागिता रहेको आँधिखोलाले जनाएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष एवम् लघुवित्त बैंकर्स संघका कोषाध्यक्ष नरेश केसी, सञ्चालक विद्या श्रेष्ठ र युक्तबहादुर सुवेदी, प्रमुख कार्यकारी अधिकृत डोलराज केसी, नायव कार्यकारी प्रमुख बावुरामकुँवर, विभागीय प्रमुखहरुका साथै स्याङजा, कास्की, तँनहु, लमजुङ, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पालगायत ११ जिल्लाका १९ वटा शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तालिमको उद्घाटन सत्रमा बोल्दै संस्थाका अध्यक्ष नरेश केसी, विद्या श्रेष्ठ र युक्तबहादुर सुवेदीले कर्मचारीको हकहितका लागि संस्था सदैव सकारात्मक रहेको बताउनु भएको थियो । साथै उहाँहरुले सेवाग्राहीलाई गर्ने व्यवहार र प्रदान गरिने सेवा सुविधामा कुनै कसुर बाँकी नराखी काम गर्नका लागि कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।

यस्तै, प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले भाखा नाघेको कर्जा बढिरहेको अवस्थालाई मध्यनजर गर्दै कर्जा असुलीका लागि प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभएको थियो ।

यस्तै, नायव कार्यकारी प्रमुख वावुराम कुँवरले तालिममा सिकेको ज्ञानको प्रभावकारी कार्यान्वयनको लागि सबै कर्मचारी लगनशिल भई ईमान्दारीतापूर्वक लाग्नु पर्नेमा जोड दिनुभएको थियो । साथै कर्मचारीको व्यक्तित्व विकाशका लागि कर्मचारीहरुलाई फरक–फरक विधामा फरक–फरक सहजकर्ताद्वारा प्रशिक्षण दिँदै जाने प्रतिवद्धता पनि उहाँले जनाउनुभएको थियो ।

तिर्थ रत्न कोनाजु, नायव कार्यकारी प्रमुख कुँवर र विभागीय प्रमुखहरुले तालिमको सहजीकरण गर्नुभएको थियो ।

...
बैंकहरुमा ब्याजदर बढ्नाले बेहालको अवस्था सिर्जना भएको छ : प्रकाशराज शर्मा

प्रकाशराज शर्मा अध्यक्ष,नेपाल लघुवित्त बैंकर्स संघ एवम् सिईओ, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड विगत ६ महिनादेखि स्थिर रहेको बैंकहरुको ब्याजदर असोजमा एकाएक ह्वातै बढेको छ । यो ब्याजदर इतिहासकै उच्च वृद्धि हो । भदौंसम्म मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो । तर, असोज महिनादेखि त्यस्तो ब्याजदर १० प्रतिशतले बढेर १२ प्रतिशतमाथि पुगेको छ । निक्षेपको […]

Sorry, no posts matched your criteria.