लघुवित्त न्यूज । लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाडौं जिल्लाको मुख्य शाखामा आवद्ध ग्राहकहरुलाई खेलौना बनाउने तालिम प्रदान गरेको छ ।

उक्त तालिम २०७९ जेष्ठ २८ र २९ गतेगरी २ दिनसम्म सञ्चालन भएको थियो । तालिममा व्यवसाय उन्मुख २५ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको थियो ।

तालिमको उद्धघाटन कार्यक्रममा बोल्दै संस्थाका नायव महाप्रबन्धक सुन्दर प्रसाद श्रेष्ठले तालिमलाई तालिममा मात्र सिमित नराखी आफ्नो सीप र क्षमतालाई व्यवहारमा उतार्दै सफल उद्यमी बनी अन्य सदस्यहरुलाई पनि उद्यमशिलताप्रति प्ररेणाको स्रोत बन्नुपर्ने बताउनु भएको थियो ।

...
लघुवित्तमैत्री सरकारी नीति आवश्यक छ : जनार्दन देव पन्त (सीईओ निर्धन उत्थान)

जनार्दन देव पन्त निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ । यस लघुवित्तले देशभरिका ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा शाखा सञ्जालमार्फत आफ्नोसेवा प्रदान गर्दै आएको छ । साथै यस लुघवित्तका सीईओ पन्त लघुवित्त कार्यक्रमका साथै नेपाली अर्थतन्त्रको बारेमा पनि विशेष जानकार मानिनुहुन्छ । यसै सन्दर्भमा नेपाली अर्थतन्त्रमा लघुवित्त संस्थाहरुको योगदान […]