लघुवित्त न्यूज । सबैको लघुवित्त वित्तीय संस्थाले राजविराजमा ‘व्यवसायिक तरकारी खेती तालिम’ सम्पन्न गरेको छ । सप्तरीको राजविराज नगरपालिका–३ मा भएका तालिममा ३५ जना सहभागीलाई सन्तोष सेन चौधरी, पवनकुमार श्रेष्ठ, दिपकुमार चौधरी र सञ्जय चौधरीले प्रशिक्षण गराएका थिए ।

संस्थाका नायब महाप्रवन्धक पवनकुमार श्रेष्ठका अनुसार जेठ २४ देखि २६ गतेसम्म सञ्चालन भएको तालिममा करेसाबारीको परिचय, महत्व, तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेती प्रविधिबारे जानकारी गराइएको थियो ।

साथै फल तरकारी खेती प्रविधि, लहरे खेती प्रविधि, जरे तरकारी खेती प्रविधि, कोसे तरकारी खेती प्रविधि, तरकारी खेतीमा मलखादको प्रयोग, सिंचाई तथा व्यवस्थापन, सागवाली खेती र बेमौसमी तरकारी खेती प्रविधि, तरकारी वालीमा लाग्ने रोग तथा किराहरुको जानकारी तथा विषादी ब्यवस्थापन, तरकारी वालीमा उचित पोष्ट हार्भेष्ट, बेच बिखन (कसरी मूल्य पार्ने) तथा बजार व्यवस्थापन, संस्थाले प्रदान गरेको सेवाहरु, बचतको महत्व र बचतका प्रकारहरु, वित्तीय साक्षरता, व्यवसायिक स्किमहरुबारे जानकारी गराइएको संस्थाका नायब महाप्रवन्धक श्रेष्ठले जानकारी दिए । संस्थाबाट कर्जा लिएर व्यवसाय सञ्चालन गर्दै घरपरिवारलाई आर्थिक समुन्नत तिर अगाडि बढाएका नमूना सदस्यहरुको परिचय समेत तालिममा गराइएको संस्थाले जनाएको छ ।

तालिमको दोश्रो दिन हनुमाननगर कंकालिनी नगरपालिका—६, अण्डिपट्टिमा रहेको साढे डेढ विघाहामा फैलिएको कृषि फार्म अवलोकन गराइएको थियो । उक्त फार्म सप्तऋषि कृषक समूहका सदस्य तथा स्थानीय व्यवसायिक कृषक देवेन्द्र नारायण साहले सञ्चालन गरेका हुन् ।

संस्थाको तोपा बजार शाखाका प्रमुख सञ्जय चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रममा बर्दिबास मुकामका सुपरीवेक्षण अधिकृत दिपकुमार चौधरीले तालिमको उद्देश्यबारे प्रकास पारेका थिए ।

तालिमको मूल्याकंनगर्दै सहभागीहरु सुलेखा देवी झा, सविता तामाङ्ग, सिता देवी यादव, देवेन्द्र नारायण साहले मन्तब्य राखेका थिए । व्यवसायिक रुपमा तरकारी उत्पादन गरेको खण्डमा तरकारी खेतीबाट पनि मनग्य फाइदा लिन सकिने बताएका थिए । उनीहरुले व्यवसायिक रुपमा तरकारी खेती गर्नका लागि तालिम फलदायी हुने उनीहरुको विश्वास थियो । तालिममा सिकेका ज्ञान, सीप व्यवहारमा उतार्ने उनीहरुको प्रतिवद्धता छ ।

सहभागीहरुलाई प्रमाणपत्र पनि वितरण गर्दै संस्थाका नायब महाप्रवन्धक श्रेष्ठले आगामी दिनमा विभिन्न किसिमका सीप विकास तालिमहरु सञ्चालन गर्दै जाने बताए ।

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले सातै प्रदेशका ४३ जिल्लाहरुमा ९० वटा शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयहरुको सञ्जाल मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

संस्थाले २०७९ वैशाख मसान्तसम्म ७३ हजार ६०० घरपरिवारमा सेवा विस्तार गरेको छ । यस्तै ४ अर्ब ५३ करोड ३६ लाख कर्जा लगानी र १ अर्ब २५ करोड ९७ लाख बचत परिचालन गरेको गरिएको संस्थाले जनाएको छ ।

...
बैंकहरुमा ब्याजदर बढ्नाले बेहालको अवस्था सिर्जना भएको छ : प्रकाशराज शर्मा

प्रकाशराज शर्मा अध्यक्ष,नेपाल लघुवित्त बैंकर्स संघ एवम् सिईओ, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड विगत ६ महिनादेखि स्थिर रहेको बैंकहरुको ब्याजदर असोजमा एकाएक ह्वातै बढेको छ । यो ब्याजदर इतिहासकै उच्च वृद्धि हो । भदौंसम्म मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो । तर, असोज महिनादेखि त्यस्तो ब्याजदर १० प्रतिशतले बढेर १२ प्रतिशतमाथि पुगेको छ । निक्षेपको […]

Sorry, no posts matched your criteria.