लघुवित्त न्यूज । आमाबुबाको लागि आफ्ना सन्तान प्राण भन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्वल भविष्यको चाहाना सदैव आमाबुबाले राखेका हुन्छन् । उनीहरुको पालनपोषन, शिक्षादिक्षा, विवाह, ब्रतबन्धआदिअविस्मरणीयरहोस भन्ने इच्छा सबै अभिभावकको हुन्छ । छोरा छोरीको विवाह अभिभावकको लागि एक अमुल्य क्षण हुन्छ ।

यसै क्षणलाई यादगार बनाउन कुश्मा निवासी मेनका रेग्मीले आफुले सानो सानो रुपमा बचत गरी जम्मा भएको रकमबाट आफ्ना छोरी ज्वाईंलाई उपहार स्वरुप जीवन बीमा गरी दिनुभएकाे छ । जीवनमा आइपर्न सक्ने जोखिम बहन र बचत पनिहोस भन्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेका छोरी ज्वाईं, पुजा रेग्मी र सुझाब आचार्यको जीवन सुखमय होस् भन्ने कामनासहित बीमा गरिदिनुभएकाे हाे ।

कम्पनीकोकुश्मा शाखाबाट जारी गरीएको उक्त बीमा योजना सूर्या लाइफका एजेन्सी विभाग प्रमुख, यज्ञ बहादुर राउतले बैबाहिक समारोहमै गएर हस्तान्तरण गर्नु भएको थियो । सूर्या सुरक्षित योजना र सूर्या सुरक्षा कवजसहितका यो योजनाले जीवनमा विपत्तिले निम्त्याउन सक्ने आर्थिक समस्याको भार न्यूनगर्ने र जोखिम बहन पनि हुने हुँदा सबैलाई जीवन बीमा गर्न मेनका रेग्मीले सुझाव दिनुभएकाे थियाे । हाँसी खेली घुमेको माईतिघर छोडेर गएकी छोरीका लागि सदैव आमाको चिनो यो कोसेली स्वरुप आफ्ना छोरी र ज्वाईं दुबैको बीमा गरिदिएको कुरा उहाँले व्यक्त गर्नुभयो ।

बीमाले जोखिम बहन गर्नुका साथै भविष्यको लागी बचत पनि हुने भएकोले दुलही अन्माउँदा बीमा योजना उपहार दिने एक नौलो र उत्कृष्ट अभियान अहिले चलेको देख्दा जीवन बीमाको महत्वप्रति जनमानसमा सचेतना बढेको भन्ने कुरामा विश्वसत रहेको कुरा समाहरोमा उपस्थित आफन्त र जन्तिपक्षले बताएका छन् ।

...
बैंकहरुमा ब्याजदर बढ्नाले बेहालको अवस्था सिर्जना भएको छ : प्रकाशराज शर्मा

प्रकाशराज शर्मा अध्यक्ष,नेपाल लघुवित्त बैंकर्स संघ एवम् सिईओ, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड विगत ६ महिनादेखि स्थिर रहेको बैंकहरुको ब्याजदर असोजमा एकाएक ह्वातै बढेको छ । यो ब्याजदर इतिहासकै उच्च वृद्धि हो । भदौंसम्म मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो । तर, असोज महिनादेखि त्यस्तो ब्याजदर १० प्रतिशतले बढेर १२ प्रतिशतमाथि पुगेको छ । निक्षेपको […]

Sorry, no posts matched your criteria.