लघुवित्त न्यूज । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुलाई अनुदान प्रदान गरेको छ । लघुवित्तले कोरोनाले व्यवसायिक प्रभावित बनेका सदस्यहरुलाई वर्षाको समयमा राहत दिने उदेश्यले जनही ६ हजार रुपैयाँका दरले राहत अनुदान वितरण गरेको हो ।

लघुवित्तले आफ्ना १८१ शाखा कार्यालयबाट कुल १ करोड ८० लाख रुपैयाँ राहत अनुदान प्रदान गरेको हो । जसमा कोभिड–१९ ले व्यवसाय प्रभावित बनेका ग्राहक, विपद, गम्भिर प्रकृतिका रोग लागेका लगायत अन्य आपत्तीमा परि कर्जा किस्ता तिर्न अप्ठ्यारोमा परेका सदस्यहरुलाई ६ हजार रुपैयाँका दरले राहत वितरण गरेको हो । यसअघिका वर्षहरुमा पनि संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई यस्तो अनुदान प्रदान गरेको थियो ।

यसबाहेक सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहयोग प्रदान गर्दै आइरहेको छ । लघुवित्तले हाल ७७ वटै जिल्लामा आफ्नो कार्यक्षेत्र बनाएर १८१ शाखा कार्यालयबाट वित्तीय सुविधा दिदै आइरहेको छ ।

संस्थाले हाल निक्षेपमा उच्चतम ब्याज १२ प्रतिशत सम्म दिने गरेको छ भने कर्जामा १० प्रतिशत देखि १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.