लघुवित्त न्यूज । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति प्रस्तावका लागि दुबै कम्पनीले असार ३१ गते विशेष साधारण सभा बोलाएका छन् ।

मिर्मिरे लघुवित्तले होटल सारथी धुलिखेल, काभ्रेपलाञ्चोकमा विहान ११ बजे र बुद्धज्योती लघुवित्तले केन्द्रीय कार्यालय लुम्बिनी, रुपन्देहीमा विहान ११ बजे सभा बोलाएका हुन् ।

मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई प्राप्ति गरेपश्चात् पूँजी संरचना परिवर्तन बमोजिम पूँजी संरचना समायोजन गर्न एफपीओ जारी गर्ने प्रस्ताव पनि विशेष साधारण सभामार्फत् पारित गर्नेछ । त्यसका साथै, मिर्मिरे लघुवित्त धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी हो भने बुद्धज्योती लघुवित्त सूचीकृत नभएको कम्पनी हो ।

साथै, विशेष साधारण सभा प्रयोजनका लागि मिर्मिरे लघुवित्तले असार २४ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ असार २३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछन् ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]