लघुवित्त न्युज । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले एक जना कर्मचारीको माग गरेको छ। लघुवित्तले एक सूचना प्रकाशित गर्दै सहायक अधिकृत पदमा कर्मचारी माग गरेको हो ।
उक्त पदका लागि शैक्षिक योग्यता स्नातक तह उतीर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ। योग्यता पुगेका इच्छुक ब्यक्तिले असार ३१ गतेभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको वेबसाइट https://www.chhimekbank.org/career/ मार्फत आवेदन दिन सक्नेछन्।
इच्छुक आवेदकहरुको उमेरको हद २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिला उम्मेरदवारको हकमा अधिकतम उमेरमा ५ वर्ष थप हुनेछ। रितपुर्वक प्राप्त दरखास्तहरु मध्येबाट लिखित तथा अन्र्तवार्ताद्धारा छनोट गरिने छ।