लघुवित्त न्युज । नेपाल राष्ट्र बैंकबाट ‘घ’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तर कार्यक्षेत्र भएको सिवाईसी नेपाल लघुबित्त बित्तीय संस्था लिमिटेडले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । संस्थाले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड पोखराका लागि १०१ जना कर्मचारीको माग गरेको हो।

लघुवित्तले प्रबन्धक(प्रशासन विभाग प्रमुख ) १ जना, सहायक प्रबन्धक(मानव संसाधन विभाग प्रमुख) १ जना, सहायक प्रबन्धक (वित्त विभाग प्रमुख)१ जना, सहायक प्रबन्धक(कर्जा विभाग प्रमुख)१ जना, सहायक प्रबन्धक(कर्जा असुली विभाग प्रमुख)१ जना, सहायक प्रबन्धक(अनुगमन तथा सुपरिवेक्षण विभाग प्रमुख)१ जना, सहायक प्रबन्धक(सूचना तथा प्रविधि विभाग प्रमुख)१ जना, वरिष्ठ अधिकृत (सामान्य सेवा विभाग प्रमुख)१ जना, वरिष्ठ अधिकृत(सचिवालय प्रमुख)१ जना, अधिकृत(प्रदेश प्रमुख)७ जना, अधिकृत(अनुगमन) १४ जना, अधिकृत(सुचना तथा प्रविधि)१ जना, कनिष्ठ सहायक २० जना र सहायक प्रशिक्षर्थी ५० जना गरी जम्मा १०१ जना कर्मचारीको माग गरेको हो ।

प्रबन्धक र वरिष्ठ अधिकृत पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कार्यअनुभव भएको हुनुपर्ने छ। त्यस्तै अधिकृत र कनिष्ठ सहायक पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय क्षेत्रमा कार्यअनुभव भएको हुनुपर्ने छ। र सहायक प्रशिक्षार्थी पदको लागि प्रविणता तह उत्तीर्ण गरेको हुुनुपर्ने संस्थाले जनाएको छ।

व्यवस्थापकीय श्रेणीको आवेदकहरुको उमेरको हद आवेदन दिने मितिसम्म २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको, अधिकृत श्रेणीको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीको लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको तर व्यवस्थापकीय श्रेणी बाहेकका पदमा महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हद ५ वर्ष थप हुने कुरा संस्थाले जनाएको छ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको मिति २०७९ आषाढ १५ गतेले २१ दिनभित्रमा आफुले काम गर्न चाहेको पद, उमेर, कार्य अनुभव, हालसालै खिचेको पासपोर्ट साइजको फोटो, हस्तलिखित निबेदन, बायोडाटा, नागरिकताको प्रमाणपत्र तथा अन्य आवश्यक कागजपत्रसमेत समावेश गरी Pdf फरम्याटमा एउटै फाइल बनाई तोकिएको ठेगानामा आइपुग्ने गरी संस्थाको वेभसाइट http://www.cycnlbsl.org.np/careers मा दरखास्त दिन आव्हान गरिएको छ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]