लघुवित्त न्युज । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाकालको १२.५ वर्ष पुगेको अवसरमा जुब्ली मनाएको छ ।

असार १६ गते काठमाडौंमा सम्पन्न समारोहमा नेपाल राष्ट्र बैक, बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठ, लघुवित्त संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारी र विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल, सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डित, फर्स्ट माइक्रोफाइनान्सका सञ्चालक एवं पूर्वसञ्चालकहरु, संस्थापक सेयरधनीहरु, लघुवित्त संघ नेपालका अध्यक्ष जगत पोखेरेल, नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा एवं बैक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु र अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

कार्यक्रममा राष्ट्र बैकको बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक ढकालले आफ्नो शुभकामना मन्तव्यमा फर्स्ट माइक्रोफाइनान्सले १२.५ वर्षमा यस प्रकारको उत्सव मनाई नयाँ सुरुआत गरेको धारणा राख्नुभएको थियो । ढकालले वर्तमान वित्तीय बजारमा वित्तीय स्रोतको उपलब्धतामा थपिँदै गएको चुनौतीलाई सामना गर्न सक्ने क्षमता प्रर्दशन गरी अगाडि बढ्नका लागि फर्स्ट माइक्रोफाइनान्सलगायत अन्य लघुुवित्त वित्तीय संस्थालाई मर्जलगायत अन्य सम्भाव्य उपायहरुको खोजी गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा स्थापनाकालदेखि हालसम्म लगातार १२ वर्ष फर्स्ट माइक्रोफाइनान्समा सेवा प्रदान गर्ने अध्यक्ष सुरेन्द्रराज रेग्मी र फर्स्ट माइक्रोफाइनान्समा कार्यरत ४ जना कर्मचारीलाई कदर पदकवाट सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा फर्स्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेलले समारोहमा उपस्थित प्रमुख अतिथी,अतिथीहरु र आमन्त्रित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नुभएको थियो । अध्यक्ष सुरेन्द्रराज रेग्मीले फर्स्ट माइक्रोफाइनान्सको समारोहमा उपस्थित भई दिनु भएकोमा सबै प्रति हार्दिक धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]