लघुवित्त न्युज । नेपाल राष्ट बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ ।

संस्थाले नायब व्यवस्थापक(आन्तरिक लेखा परीक्षण विभाग) १ जना, कनिष्ठ अधिकृत ८ जना, वरिष्ठ सहायक(शाखा प्रमुख) १० जना, सहायक केही संख्यामा र कनिष्ठ सहायक(प्रशिक्षार्थी) केही संख्यामा माग गरेको हो ।

कनिष्ठ अधिकृत पदका लागि व्यवस्थापन बिषयमा स्नातकोत्तर तह उत्तीर्ण, वरिष्ठ सहायक पदका लागि व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण र कनिष्ठ सहायक(प्रशिक्षार्थी) पदका लागि प्रविणता प्रमाणपत्र तह उत्तीर्णलाई ग्राह्यता दिइने संस्थाले जनाएको छ । उल्लिखत पदहरुका लागि इमेल, इन्टरनेट र कम्प्युटर सञ्चालन सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ ।

व्यवस्थापकीय श्रेणीका लागि उमेरको हद २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको, अधिकृत श्रेणीको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको, सहायक श्रेणीका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुने संस्थाले जनाएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको मिति २०७९ आषाढ १९ गतेले १५ दिनभित्रमा आवेदन दिन सकिनेछ । आवेदन फारामको साथमा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपी र बायोडाटा सहित संस्थाको केन्द्रीय कार्यालय वा संस्थाको इमेल  samudayik.hr@gmail.com मा आवेदन दिन सक्नेछन् ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]