लघुवित्त न्युज । लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को लघुवित्त वित्तीय संस्थाहरूको निरीक्षण तथा सुपरीवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनअनुसार लघुवित्त कम्पनीहरूमा निष्क्रिय कर्जा ८७.८३ प्रतिशतले बढेको हो ।

२०७७ असार मसान्तसम्ममा निष्क्रिय कर्जा ५ अर्ब ३० करोड रूपैयाँ रहेकोमा चालु आवको असार मसान्तमा ४ अर्ब ६५ करोड रुपैयाँले बढेर ९ अर्ब ९५ करोड रूपैयाँ पुगेको हो । २०७७ असार मसान्तसम्ममा लघुवित्त कम्पनीहरूमा निष्क्रिय कर्जा ५ अर्ब ३० करोड रूपैयाँ मात्रै थियो । २०७६ असारसम्मा लघुवित्तहरूमा निष्क्रिय कर्जा २ अर्ब ६० करोड रूपैयाँ थियो ।

गत आवको तुलनामा ११ वटा लघुवित्त कम्पनीको निष्क्रिय कर्जाको अनुपात ५ प्रतिशतभन्दा धेरै छ । बुद्ध ज्योति, नेरूडे, बीपीडब्लु, यूनिक, नेष्डो, सामुदायिक, कालिका, सुपर, मानुषी, नेपाल एग्रो र आत्मनिर्भर लघुवित्तको निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा धेरै पुगेको हो ।जसमध्ये बुद्ध ज्योति लघुवित्त वित्तीय संस्थाको निष्कृय कर्जा अनुपात ८.८१ प्रतिशतसम्म पुगेको छ ।

राष्ट्र बैंकका अुनसार आर्थिक वर्ष २०७७/७८ मा लघुवित्तहरूको कुल निक्षेप तथा सापटीमा ३५.९७ प्रतिशत र कर्जा ३९.१४ प्रतिशतले बढेको छ । यससँगै समीक्षा अवधिमा लघुवित्तको कर्जा र निक्षेप तथा सापटी अनुपात १०५.८० प्रतिशतबाट बढेर १०८.२७ प्रतिशत पुगेको छ ।

त्यस्तै,राष्ट्र बैंकका अनुसार २०७८ असारसम्ममा लघुवित्तहरूले ३ खर्ब ३७ अर्ब ६२ करोड रूपैयाँ बराबरको निक्षेप संकलन गरेका छन् । जुन २०७७ असारसम्ममा २ खर्ब ४८ अर्ब ३१ करोड रूपैयाँ थियो ।

लघुवित्तहरूले २०७८ असारसम्ममा ३ खर्ब ६५ अर्ब ५५ करोड रूपैयाँ बराबरको कर्जा तथा सापटी गरेका छन् । जुन अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब ६२ अर्ब ७२ करोड रूपैयाँ थियो ।

२०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १४६.७१ प्रतिशतले वृद्धि भई ११ अर्ब ८७ करोड रूपैयाँ रहेको देखिन्छ । २०७८ असार मसान्तमा ब्याज आम्दानी ४५ अर्ब २४ करोड रूपैयाँ, ब्याज खर्च १८ अर्ब १५ करोड रूपैयाँ र संचालन आम्दानी ४१ अर्ब ५८ करोड रूपैयाँ रहेको छ ।

त्यस्तै, अघिल्लो आर्थिक वर्षमा कुल ८४ वटा संस्थाहरूमध्ये १३ वटा खुद नोक्सानमा रहेकोमा यस आर्थिक वर्षमा कुल ७० वटा संस्थाहरूमध्ये ६८ वटा खुद नाफामा र २ वटा मात्र खुद नोक्सानमा रहेको तथ्यांकले देखाएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds