लघुवित्त न्यूज । ज्योति विकास बैंकले सोमबार धुलाबारी र अत्तरियामा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पुर्‍याउने उद्देश्यले बैंकले नयाँ शाखाहरू सञ्चालनमा ल्याएको हो।

मेचीनगर नगरपालिका वडा नं. १०, झापास्थित धुलाबारी शाखाको समुद्घाटन बैंकका पुर्व अध्यक्ष तथा बैंकका संस्थापक शेयरधनी ध्रुब कुमार उप्रेती र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गर्नुभएको थियो।

साथै, गोदावरी नगरपालिका वडा नं .२, कैलालीस्थित अत्तरिया शाखाको समुद्घाटन गोदावरी नगरपालिका मेयर श्री विरेन्द्र भट्ट र बैंकका संस्थापक शेयरधनी तथा साबिक राप्तीभेरी विकास बैंकका अध्यक्ष श्री प्रेम बहादुर भण्डारीले संयुक्त रुपमा गर्नुभएको थियो।

उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट लगायत विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।

नयाँ शाखाहरुको उद्घाटन अवसरमा बैंकले धुलाबारी र अत्तरिया शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै QR Code, नि:शुल्क डलर कार्ड जारी, नि:शुल्क डिम्याट खाता, नि:शुल्क मेरोसेयर रजिस्ट्रेशन, नि:शुल्क डेबिट कार्ड, नि:शुल्क मोबाईल बैंकिंग सेवा, नि:शुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५% छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds