लघुवित्त न्यूज । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। मंगलबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँड भएको हो।

कम्पनीले असार १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ आवेदकबाट १ करोड ७७ लाख ५४ हजार ३०० कित्ताका लागि आवेदन परेको थियो। कुल आवेदनमध्ये १ हजार ६११ आवेदन रद्द भएका छन् भने १५ लाख ९३ हजार ७९६ आवेदन स्वीकृत भएको छ।

स्वीकृत आवेदनमध्ये १ लाख ८३ हजार ४७ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। सोमध्ये पनि भाग्यमानी २ आवेदकले थप एक कित्ता अर्थात् कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

कम्पनीले असार १५ गतेदेखि प्रतिशेयर १०० अंकित दरमा कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता शेयर मात्रै सर्वसाधारणलाई बाँडफाँड गरिएको हो।

निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गरिएको कम्पनीले जनाएको छ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.