लघुवित्त न्यूज । मंगलबार नेपाल लघुवित्त संघले आयोजना गरेको मौद्रिक नीति छलफल कार्यक्रममा लघुवित्तलाई पहिला आफै सुध्रन राष्ट्र बैंकले निर्देशन दिएको छ । शोधनान्तर घाटा र विदेशी विनिमय सञ्चितिमा सुधार नहुँदासम्म तरलता समस्या समाधान नहुने नेपाल राष्ट्र बैंकले जनाएको हो । राष्ट्र बैंकले लघुवित्तकर्मीले समस्या भयो भनेपनि उनीहरुको वित्तीय विवरण र सेयर मूल्यले भने त्यो नदेखाएको बताएको छ ।

राष्ट्र बैंकले लघुवित्तलाई तीन दशकदेखि प्रवर्द्धन गर्दै आए पनि त्यसको लाभ अर्थतन्त्रमा नदेखिएको राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले बताउनुभएको छ । मंगलबार नेपाल लघुवित्त संघले आयोजना गरेको मौद्रिक नीति छलफल कार्यक्रममा विगतमा तरलता सहज हुँदा त्यसको लाभ लघुवित्तले उठाएको भन्दै अहिले स्रोत भएन भनेर गुनासो नगर्न आग्रह गर्नुभएको छ ।

‘यस पटक कर्जा विस्तार गर्न तरलता पाइएन भनेर गुनासो नगर्नुस् । कर्जा गुणस्तर सुधार गर्नुस् । हिजो तरलता हुँदा त्यसको प्रयोग गर्नुभयो, नाफा पनि लिनुभयो । यसपटक त्यो अवस्था छैन,’ उहाँले भन्नुभयो, ‘लघुवित्त प्रमोट गरेको ३ दशक भयो तर, व्यापार घाटा बढेको छ । उद्यमशीलता छैन तपाईंहरुको यति ठूलो संख्याको मिहेनतमा प्रश्न उठ्यो ?’ व्यापार घाटा नै नभएको भए अहिले तरलता अभाव नहुने भन्दै पहिला लघुवित्तलाई आफैं सुध्रन निर्देशन दिनुभएको हो । उहाँले लघुवित्त सामाजिक व्यवसाय भएकोले सोही अनुरुपको कार्य गर्ने निर्देशन दिनुभएको छ।

त्यस्तै लघुवित्तको नाफालाई इंगित गर्दै समस्या भयो मात्रै भनेर नहुने र त्यसलाई पुष्टि गर्ने आधार पनि हुनुपर्ने उहाँले बताउनुभयो । अहिले लघुवित्तको ब्यालेन्स सिट र सेयरमूल्यले त्यसको संकेत नगरेको भन्दै पोलिसी निमार्ण गर्दा सबै विश्वस्त हुने आधार पनि चाहिने बताउनुभएको छ ।

अहिले तरलता अभावले व्यवसाय विस्तार गर्न नपाए लघुवित्तलाई कर्जाको गुणस्तर सुधार गर्न समेत उहाँले निर्देशन दिनुभयो। ‘व्यवसाय विस्तार गर्न पाएनौं भनेर चिन्ता व्यक्त भएको छ, यसलाई अवसरको रूपमा लिन सकिन्छ । कर्जामा गुणस्तर छैन, ग्राहक सुरक्षा छैन । लघुवित्तका विचार र सिद्धान्त पालना भएको छैन, त्यसमा ध्यान दिनुस्’ उहाँले भन्नुभयो, ‘कर्जाको गुणस्तर सुधार गर्ने सही समय हो ।’

नेपाल राष्ट्र बैंकले अहिले पनि बैंकिङ प्रणालीमा साढे ३ खर्ब तरलता प्रवाह गरेको भन्दै यसमा निरन्तरता दिन नसकिने समेत उहाँले प्रष्ट पार्नुभयो । ‘बैंकिङ प्रणालीमा साढे ३ खर्ब तरलता प्रवाह गर्दा पनि पुगेको छैन । शोधनान्तर घाटा सुधार मुख्य चुनौतीको रुपमा छ । त्यसैले स्वदेशी मुद्रामा पनि तरलता प्रवाह गर्न सक्ने अवस्था छैन,’ उहाँले भन्नुभयो, ‘तरलता प्रवाह गर्‍यो भने विदेशी विनिमय सञ्चितिमा थप दबाब बढ्ने अवस्था छ । राष्ट्र बैंक पनि बाध्यतामा छ ।’

नेपाल राष्ट्र बैंकले तरलता उपलब्ध गराउने नभई त्यसलाई व्यवस्थापन गर्ने मात्रै भूमिका रहेको उनले बताउनुभयो। ‘राष्ट्र बैंकले तरलता धेरै हुँदा प्रशोधन गर्ने र थोरै हुँदा प्रवाह गर्ने हो,’ उहाँले भन्नुभयो, ‘अहिले साढे ३ खर्ब दिंदा पनि पुगेको छैन । थप दिंदै गयो भने शोधनान्तर घाटा झनै बढ्ने अवस्था छ ।’

उहाँले लघुवित्तकर्मीलाई अहिलेको प्रमुख समस्या कर्जा विस्तार हुन नसक्नु हो कि विदेशी विनिमय सञ्चिति घट्दै जानु हो ? भन्दै प्रतिप्रश्न गनुभयो । ‘अहिले विदेशी विनिमय सञ्चिति जोगाउने प्रमुख समस्या हो । हाम्रो प्राथमिकता त्यही हुनुपर्छ ।’

कार्यक्रममा विभिन्न लघुवित्त संस्थाका सञ्चालकले तरलता अभाव हुँदा ऋणीले नयाँ कर्जा नपाउने भयो भने ऋण नै नतिर्नेसम्मको समस्या आएको बताउनुभएको छ । फर्वाड लघुवित्तका अध्यक्ष भगवती चौधरीले लघुवित्तले शोषको नभएको भन्दै लघुवित्तले समाज परिवनर्तको लागि योगदान दिएको बताउनुभएको छ ।

कार्यक्रममा लघुवित्त विज्ञ तथा काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक डा. भरत सिंह थापाले लघुवित्तको ‘इको सिस्टम’ मा नै समस्या देखिएको बताउनुभएको छ । अहिले लघुवित्तविरुद्ध संगठित रुपमा चलेको आन्दालन चुनौती बनेको भन्दै यसमा सरोकारवाला र राष्ट्र बैंकले अवमूल्यन गर्न नहुने उहाँले बताउनुभयो । लघुवित्तको ब्याजदरमा १५ प्रतिशतको क्याप रहेको र बजारको ब्याजदरले उक्त क्यापमा लघुवित्त चल्न नसक्ने तर त्यसलाई चलाउँदा संगठित रुपमा भइरहेको आन्दोलनलाई थप बल पुग्ने भएकाले राष्ट्र बैंकलाई पनि चुनौती रहेको उहाँको भनाइ छ ।

‘राष्ट्र बैंकले वित्तीय र सामाजिक स्थायित्व तथा वित्तीय ग्राहकको सुरक्षा हेर्न हो,’ उहाँले भन्नुभयो, ‘एकातिर वित्तीय ग्राहकको सुरक्षाको लागि भन्दै संगठित रुपमा आन्दोलन सुरु भएको छ, अर्कोतिर ब्याजदर नबढाउँदा लघुवित्त घाटामा चल्नुपर्ने अवस्था आएको छ, यसले गर्दा राष्ट्र बैंकलाई धर्मसंकट छ ।’

उहाँले वाणिज्य बैंकले नै निक्षेपमा ११ प्रतिशत ब्याजदर दिँदा लघुवित्तले बचतमा ६ प्रतिशत मात्रै ब्याज दिनु शोषण भएको बताउनुभयो । तर, लघुवित्त अहिले सोही ब्याजदरले गर्दा टिकेको पनि यथार्थ भएको उहाँले बताउनुभयो । उहाँले लघुवित्तको कर्जामा ‘एभरग्रिनिङ’ ठूलो चुनौती रहेको बताउनुभयो।

अर्का लघुवित्त विज्ञ नरहरी ढकालले लघुवित्त क्षेत्रमा कर्जा लगानी र ऋण असुलीमा उल्टो ‘ट्रेन्ड’ देखिएको बताउनुभएको छ। ऋण असुली सहज र कर्जा लगानीमा सहज हुनुपर्नेमा ऋण लगानी ओभरनाइट हुने तर असुलीमा सकस हुने भनेको वित्तीय क्षेत्रको लागि सकारात्मक नरहेको बताउनुभएको हो । ‘लघुवित्तमा अस्तित्वको चुनौती देखिंदैछ, एक वर्षपछि लघुवित्त कहाँ पुग्छ थाहा छैन,’ उहाँले भन्नुभयो, ‘अब आउने मौद्रिक नीतिले लघुवित्तलाई रेस्क्यु गर्नुपर्छ।’ लघुवित्त अभियान सुरु हुँदाको जति पनि अहिले अनुशासित नरहेको उहाँले बताउनुभएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.