लघुवित्त न्युज । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले असार २६ गते आफ्ना शाखाहरुमा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेकोे विभागीय प्रमुख सुदिप आचार्यले जानकारी दिनुभएको हो ।

कार्यक्रममा ५० वटै शाखामा उत्कृष्ट अंक ल्याई वार्षिक परीक्षा उत्तीर्ण गर्ने जेहेन्दार विद्यार्थीहरुलाई जनही रु.३०००० (तीस हजार) का दरले जम्मा १५ लाख छात्रवृत्ति प्रदान गरिएको संस्थाले जनाएको छ ।

संस्थाले ग्राहक संरक्षण कार्यक्रम मार्फत सदस्यका छोराछोरीहरु तथा गरिब जेहेन्दार विद्यार्थीहरुको शिक्षालाई प्रोत्साहित गर्न यस किसिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेकोे छ ।

यस अघि पनि विभिन्न विद्यालयमा शैक्षिक साम्रगी वितरण, स्वच्छ पिउने पानीको लागि फिल्टर, सरसफाइका साम्रगी वितरण जस्ता कार्य संस्थाले जनाएको छ ।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको एक सय उन्नाइस वटा शाखा कार्यालयमा १ लाख ४७ हजार भन्दा बढी सदस्य संख्या र ७५ हजार ५ सय भन्दा बढी ऋणी रहेका छन । आठ अर्ब पचास करोड कर्जा लगानी गर्दै आइरहेको संस्थाको अधिकृत यतिराज पौडेलले जानकारी गराउनु भएको हो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.