लघुवित्त न्यूज । तनहुँको बन्दीपुर-१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैठौं वार्षिकोत्सवको उपलक्ष्य तथा भानु जयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले असार २९ गते तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. १, छपेली सामुदायिक वन (खण्ड ५) मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी गराउनु भएको होे ।

कार्यक्रमको अध्यक्षतामा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले गर्नु भएको थियो । बन्दीपुर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शिव कुमार श्रेष्ठ कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो । त्यस्तै इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक भरत पौडेल, छपेली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धन बहादुर आले, बन्दीपुर गाउँपालिका-१ स्थित गुरुङ्गटार टोल विकास संस्थाका अध्यक्ष चोलाराम थापा, बन्दीपुर गाउँपालिका-१ को श्रृजनशील आमा समूहकी अध्यक्ष संगीता विश्वकर्माको आतित्थ्यतामा कार्यक्रमको सञ्चालन भएको हो ।

कार्यक्रममा संस्थाका नायब महाप्रबन्धक पवन कुमार श्रेष्ठले आफनो मन्तव्यका क्रममा संस्थाको संक्षिप्त परिचय, संस्थाले गरेका प्रगति, प्रवाह गरेको वित्तीय सेवा तथा गैर वित्तीय सेवाहरुको बारेमा तथा छैठौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थाले  सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका विभिन्न कार्यक्रमहरुको बारेमा चर्चा गर्नु भएको थियो ।

त्यसै गरी गुरुङ्गटोल कार्यक्रममा विकास संस्थाका अध्यक्ष चोलाराम थापा, छपेली सामुदायिक वन उपभोक्ता समूहका धन बहादुर आलेले शुभकामना मन्तव्य दिनु भएको थियो । छपेली सामुदायिक वनका अध्यक्ष धन बहादुर आलेले शुभकामना मन्तव्यको क्रममा डुम्रेबजारमा धेरै बैंक तथा वित्तीय संस्थाहरु रहे तापनि सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले सबैभन्दा पहिला यस्तो कार्यक्रम गरेकोे जानकारी गराउनु भएको हो ।

इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक भरत पौडेलले आफ्नो अमूल्य मन्तव्य दिने क्रममा शान्ति सुरक्षाका अलावा इलाका प्रहरी कार्यालयले विभिन्न किसिमका कार्य गरेको जानकारी गराउनु भएको हो । महिला हिंसा, घरेलु हिंसा सम्बन्धी तालिमहरु संचालन गर्नु परेमा तथा बालबालिका र युवाहरुलाई उचित आवश्यक काउन्सेलिङ्ग गर्न आवश्यक भएमा सकेको सहयोग गर्ने प्रतिबद्वता रहेको उहाँले जानकारी गराउनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि स्थानीय बुद्धिजीवी तथा बन्दीपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष शिव कुमार श्रेष्ठले सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले बन्दीपुर गाउँपालिकामा गरेका सामाजिक कार्यहरुको चर्चा गर्दै संस्थाले सीप विकास तालिमहरु संचालन गर्दै आएकोमा आगामी दिनहरुमा थप सीप विकास तालिम दिन सुझाउनु भएको छ । साथै यस क्षेत्रको गरिब, विपन्न, महिलाहरुको आर्थिक उन्नति गराए जस्तै यस लघुवित्तले यस क्षेत्रको हरियाली गराउनमा भूमिका खेलेकोमा धन्यवाद प्रदान गर्नुभएको हो ।

कार्यक्रमका अध्यक्ष तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले समापन मन्तव्यको क्रममा संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा यस क्षेत्रको विकासका लागि संस्था र आफु सदैव तत्पर रहेको जानकारी गराउँदै प्रमुख अतिथि तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नु भएको हो ।

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले सातै प्रदेशको ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरुअन्र्तगत ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई बिना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आईरहेको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका कार्यक्रम तथा सहयोग उपलब्ध गराउँदै आईरहेको छ । देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरु स्थापना गरी सदस्यहरुलाई आवश्यकतानुसार लगानी गर्दै आई रहेको संस्थाले २०७९ असार २८ गतेसम्ममा ७४ हजार ८११ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । त्यस्तै रु.४ अर्ब ४० करोड कर्जा लगानी गर्दै आइरहेको छ भने ग्राहक सदस्यहरुको रु. १ अर्ब ३२ करोड बचत परिचालन गरेको संस्थाले जनाएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.