प्रेम बहादुर पाठक
प्रमुख कार्यकारी अधिकृत (सिईओ) उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड
लघुवित्त र मौद्रिक अवस्था

नेपालमा पछिल्लो समय लघुवित्त संस्थाहरुको बिगबिगी बढ्दै गएको छ । त्यसैले आगामी मौद्रिक नीतिमा लघुवित्त मर्जरको विशेष व्यवस्था ल्याउनुपर्छ । अर्कोतर्फ लघुवित्त संस्थाहरुमा लगानी गर्ने स्रोतको अभाव रहेको छ । यसको प्रमुख कारण भनेको लघुवित्तले ग्राहकबाट सङ्कलन गर्दै आएको बचतलाई राष्ट्र बैंकले रोक लगाउनु हो । जसले गर्दा बचतको परिचालनबाट लघुवित्तले स्रोतको असुल गर्न सकेन ।

बैंक तथा वित्तीय संस्था बाहेकका अन्य संस्थाहरु कर्जा सुरक्षण निगम, बीमा कम्पनी, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष जस्ता संस्थाहरुबाट पनि लघुवित्त संस्थाहरुले कर्जा सहुलियतपूर्ण पाउने व्यवस्था भएमा ग्राहकहरुलाई सहजै कर्जा उपलब्ध गराउन सक्ने अवस्था सिर्जना हुन्छ ।

त्यस्तै बजारबाट १४/१४.५ प्रतिशतमा कर्जा लिएको छ भने १५ प्रतिशतभन्दा माथि क्याप जान नसकेको अवस्था छ । त्यो क्याप खुल्ला गरिदिएर कम्तीमा पनि वेश रेटमा चार प्रतिशत जति प्रिमियम जोडेर लिन पाउने व्यवस्था नीतिगत व्यवस्थामा आयो भने लघुवित्त वित्तीय संस्थाहरुले पनि ब्याज घट्दा घटाउने र ब्याज बढ्दा बढाउने खालको वैज्ञानिक स्थिति निर्माण हुन सक्छ ।

त्यस्तै लघुवित्तहरुलाई नेपाल सरकारबाट दिईने भुक्तानीका च्यानलहरु पनि लघुवित्त वित्तिय संस्थाहरुलाई च्यानलाइज गरिदिएमा धेरै कुराहरुमा सहज हुने थियो । जस्तै : सामाजिक सुरक्षा भत्ताहरु लघुवित्त वित्तीय संस्थाहरुको माध्यमबाट गाउँ–गाउँमा पुर्याउने व्यवस्था भएमा राम्रो हुने थियो । किनकी लघुवित्त संस्थाहरुको कर्मचारीसँग सर्वसाधारण मानिसहरु धेरै नजिक छन् ।

त्यस्तै नेपाल सरकारबाट पाइने कर्जा कार्यक्रमहरु ग्रासरुट लेभलसम्म पुर्याउने, यसका लागि लघुवित्तहरुले काम गरिरहेको अवस्था छ भने यसमार्फत नै यस्ता कामहरु भईदिएमा सहि वर्गसमक्ष कर्जा पुग्ने थियो भने लघुवित्तहरुलाई पनि स्रोतको उपलब्धता हुने थियो । त्यस्तै सरकारबाट पाउने सुविधा पनि जनताहरुले प्रत्यक्ष पाउने थिए र लघुवित्तप्रति सर्वसाधारणको सकारात्मक दृष्टिकोण रहने थियो ।

गरिबी न्यूनीकरणमा लघुवित्तको भूमिका

लघुवित्तले समाजमा गरेको राम्रा काम भनेको वित्तीय पहुँच नै हो । त्यस्तै गरिबी न्यूनीकरणमा पनि लघुवित्तको महत्वपूर्ण भुमिका रहेको छ । सामाजिक सचेतना, जुन आर्थिक रुपमा महिलाहरुलाई आर्थिक क्रियाकलापमा समावेश गरेको छ । साना साना लघु उद्यमहरु पनि सिर्जना भएका छन् ।

यसका लागि पनि लघुवित्तको महत्वपूर्ण योगदान रहेको छ । समग्रमा एउटा परिवारमा आर्थिक चेतना वृद्वि भयो भने यसका सामाजिक, आर्थिक तथा सबै क्षेत्रहरुमा लघुवित्तले राम्रो गर्दछ । लघुवित्त भनेको सामाजिक कार्य हो ।

त्यसैले सामाजिक रुपमा उनीहरुलाई सचेत गराउने, विभिन्न समुहमार्फत पु¥याइएको टेवाहरु, नेतृत्व सीपको विकास गर्न पनि लघुवित्तले महत्वपूर्ण भूमिका खेलेको छ । लघुवित्तले सामाजिक, आर्थिक तथा महिलाहरुको शैक्षिक र सामाजिक सचेतनाको रुपमा योगदान पुर्याएको छ । सिंगो राष्ट्रलाई नै गरिबी न्यूनीकरणका लागि ठूलो योगदान पुर्याएको छ ।

लघुवित्त क्षेत्रका चुनौती तथा समस्याहरु

लघुवित्त क्षेत्रमा धेरै चुनौती तथा समस्याहरु रहेका छन् । लघुवित्तप्रति केही ग्रुपहरु जसले लघुवित्तको माध्यमबाट लाभ लिन नसकेको र आफुलाई घाटा हुन पुग्यो । ती व्यक्तिद्वारा नै सङ्गठित गु्रपहरुले लघुवित्तको विरुद्वमा लबिङ गर्ने, सङ्गठन गर्ने, आम भ्रामक समाचारहरु फैलाउने जस्ता कार्यहरु गरेर लघुवित्त वित्तीय संस्थाहरुलाई समस्यामा पारिरहेका छन् ।

१४ प्रतिशतमा ब्याज लिएर १५ प्रतिशत ब्याजदरमा ग्राहकहरुलाई सेवा गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । त्यस्तै लघुवित्तको नियन्त्रणमा नभएका शोषक, सामन्तीजस्ता कुराहरुले पनि समस्यामा पारिरहेका छन् । अहिले लघुवित्त वित्तीय संस्थाहरुलाई वित्तीय स्रोतको अभाव सबैभन्दा ठूलो समस्या भएको छ ।

कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा पाउने स्थिति छैन । राष्ट्र बैंकको निर्देशनको कारणले बचत परिचालनमा लामो समयसम्मका लागि बचत खातामार्फत असुल गर्न नपाएको अवस्था छ । यस समस्या समाधान गर्नका लागि लङ टर्म बचत खातालाई निरन्तर गरिराख्नुपर्छ । अन्य थप कुराहरु बैंक तथा वित्तीय संस्थाबाट सुविधाबाट खुला गरिदिएमा लघुवित्त संस्थाहरु पनि वैज्ञानिक रुपमा घट्दा घट्ने र बढ्दा बढ्ने खालको स्रोतको व्यवस्थापन गरेर कार्यक्रमलाई पारदर्शी ढङ्गले अगाडि बढ्नुपर्छ ।

त्यस्तै लघुवित्तको कर्मचारीहरुको नयाँ संस्थाहरुमा बढी अवसरहरु सिर्जना हुँदा अपरिपक्व कर्मचारीहरुलाई पनि संस्थामा काम गराउनुपर्ने अवस्था आएको छ । जसले गर्दा मर्जरको कुरा आइदिएमा लघुवित्त क्षेत्रमा राम्रो हुने थियो ।

बजारमा तरलताको भयावह अवस्थाको सामना गर्नुपरेको छ र अझ ठूलो आउन सक्ने देखिन्छ । दिनानुदिन शोधानान्तर घाटा बढिरहेको छ भने आयात बढ्दो क्रममा छ । देशमा युक्रेन र रशियाको प्रभाव अझ आउन बाँकी नै छ । यसले पनि देशको बैंक तथा वित्तीय क्षेत्रलाई अझ प्रभाव पार्न सक्छ । नेपाल सरकार, राष्ट्र बैंक, वित्तीय संस्थाहरु, ग्राहक वर्गहरु सबै संयम भएर आउने सङ्कटलाई जोगाउन सबैको नैतिक दायित्व रहेको हुन्छ ।

कर्जा लगानी गर्न सफल उन्नति सहकार्य लघुवित्त

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ जिल्लामा ८२ ओटा शाखामार्फत ग्राहकहरुलाई सेवा विस्तार गर्दै आइरहेको छ । संस्थाको चुक्ता पुँजी २२ करोड ९० लाख रहेको छ ।

कर्मचारी संख्या ५ सय जना रहेको छ । संस्थामा उद्यमी सदस्य संख्या ४० हजार रहेको छ । कर्जा लगानी ३ सय ५२ करोड रहेको छ । विशेष गरी कृषि, किराना तथा खुद्रा पसल र साना साना व्यवसायहरुका लागि संस्थाले कर्जां लगानी गर्दै आएको छ । लगानी भएको मध्येमा सबै प्रतिशत सही सदुपयोग भएको छ । लघुवित्तमा खराब कर्जाको अवस्था ४ प्रतिशतभन्दा माथि नै रहेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.