लघुवित्त न्युज । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गर्ने आरएसडिसी लघुवित्त पहिलो कम्पनी हो । विवरणअनुसार लघुवित्तको खुद नाफा ४८.४५ प्रतिशतले वृद्धि भएको भएको छ । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा कम्पनीको खुद नाफा ९ करोड १० लाख रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको नाफा बढेर १२ करोड ५२ लाख पुगेको हो ।

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी ४६.३६ प्रतिशतले बढेर २३ करोड ८२ लाख पुगेको छ । खुद ब्याज आम्दानी बढ्दा नाफा पनि बढेर कम्पनीको वितरणयोग्य मुनाफा १० करोड ५८ लाख रहेको छ । यस अवधिमा बैंकको सापटी ५१.१४ प्रतिशतले बढेर ४ अर्ब ६४ करोड पुगेको छ भने कर्जा प्रवाह ५५.९६ प्रतिशतले बढेर ५ अर्ब ४४ करोड पुगेको हो ।

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पुँजी ८० करोड ५१ लाख रहेको छ भने रिजर्भमा २१ करोड ३ लाख रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १६.७९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२६.१३ रुपैयाँ रहेको छ । त्यस्तै, खराब कर्जा ०.९९ प्रतिशतबाट घटेर ०.४९ प्रतिशत कायम भएको विवरणले देखाएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.