विमला योगी
सिईओ, जाल्पा  सामुदायिक लघुवित्त

२८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार कित्ता आइपीओ यसअघि नै जारी गरिसकेको छ ।

यसैबीच समग्र लघुवित्तको अवस्था र लघुवित्तको विकास तथा वित्तीय साक्षरताका विषयमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाकी प्रमुख कार्यकारी अधिकृत (सिईओ) विमला योगीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, सिईओ योगीसँग बैंकिङ खबरले गरेको कुराकानीको सम्पादित अंशः

नेपालको समग्र लघुवित्तको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

नेपालमा प्रदेश तथा राष्ट्रिय स्तरका ६७ लघुवित्त संस्थाहरुले ५६ लाख सदस्यहरुलाई सेवा प्रवाह गरिरहेका छन् । लघुवित्तको लक्षित गरिवी, विपन्न, धितो राख्न नसक्ने दलित तथा सिमान्तकृत परिवारका ५–१० जना सम्मको समूहमा महिलाहरुलाई आवद्ध गराएर सानो–सानो बचतका साथै सानो-सानो कर्जा उपलब्ध गराउँदै सामाजिक रुपमा सचेत बनाउने काम लघुवित्तहरुले गरिरहेका छन् ।

साथै शिक्षित, संगठित, सीपको आदनप्रदान, क्षमता साटासाट गरी व्यवसाय संचालन गर्न उद्यमी बन्न प्रोत्साहित गर्ने कार्य पनि लघुवित्तहरुले गरिरहेका छन् । तर, देशको लघुवित्त नीतिका कारण सरकारी कोषबाट कुनै अनुदान प्राप्त नहुँदा ठूला बैंक तथा वित्तीय संस्थाबाट १२ देखी १४ प्रतिशत दरमा ऋण लिएर १५ प्रतिशतमा सदस्यहरुलाई लगानी गर्नुपर्ने बाध्यात्मक अवस्थाबाट लघुवित्तहरु गुज्रिएका छन् ।

जसले गर्दा वित्तीय संस्थाले लिने व्याजदर चर्को भयो भन्ने गुनासो आउने गरेको छ । यो सहि र वस्तुगत कुरा हो । किनकी आफ्नो पूँजीमा थप ऋण लिएर संचालन गर्ने व्यवसायबाट प्रतिफल छिटो र राम्रो हुन्छ । विपन्न परिवारसँग आफ्नो पूँजी छैन । बचत गर्नका लागि पैसा छैन ।

ऋणबाट संचालित व्यवसाय उद्यमबाट छिटो प्रतिफल प्राप्त नहुँदा ऋणको ब्याज र साँवा तिर्न गाह्रो भएका कारण यो यथार्थतालाई बुझेर सरकारले विपन्न वर्गले प्राप्त गर्ने ऋणको ब्याजमा अनुदान दिनुपर्दछ । विद्यमान देशको आर्थिक तरलताको अभावका कारण स–साना उद्यमी व्यवसायीहरु प्रत्यक्ष भारमा परेका छन । उनीहरुको माग बमोजिमको ऋण लघुवित्त संस्थाले प्रदान गर्न सकेका छैनन् ।

लघुवित्त क्षेत्रमा भित्रिएको टेक्नोलोजीका बारेमा बताइदिनुहोस न ? लघुवित्त क्षेत्रले प्रयोग गरिरहेका टेक्नोलोजी के कस्ता छन् ?

अहिले हामीले एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, ट्याबलेट बैंकिङ, भिपिएन नेटर्वकिंङ, ईसेवा मार्फत वित्तीय सेवा प्रदान गर्दै आएका छौं । संस्थागत रुपमा हामीले सफ्टवेयरमै काम गरिरहेका छौं । यसका अतिरिक्त उत्पादनका क्षेत्रमा पनि प्रविधिको प्रयोगमा जोड दिइरहेका छौं । गाउँमा पुरानो प्रविधिले काम गर्दा उत्पादन कम हुने हुँदा हलो प्रणालीलाई परिवर्तन गर्दै हाते ट्याक्टरहरु वितरणमा जोड दिइरहेका छौं ।

गाईपालन फार्महरुमा स्वस्थ दुध उत्पादनमा नयाँ प्रविधि अपनाउन पनि सहयोग गरिरहेका छौं । यससँगै मोबाइल एसएमएस सेवा पनि शुरु गरेका छौं । समय अनुसार प्रविधिमा संस्थालाई रुपान्तरण गर्ने काममा हामी सक्रिय छौं ।

लघु उद्यमीहरुलाई व्यवसायिक बनाउन के–के गर्नु पर्ला ?

लघुउद्यमीहरुलाई व्यवसायिक बनाउन स्थानीय श्रोत, साधन, माग र बजारमा आधारित वस्तु तथा सेवा उत्पादनका लागि परियोजना निर्माण गर्न सहयोग पु¥याउनु पर्दछ । विषयगत विज्ञहरुबाट प्राविधिक सेवा उपलब्ध गराई उत्पादित वस्तुको बजारीकरणमा सहजीकरण गर्न सकेमा मात्र व्यवसायिक बन्न प्रोतसाहन मिल्नेछ ।

लघुवित्तलाई राष्ट्र बैंकले मर्जरको नीतिमा राखेको छ । मर्जरको प्रक्रियाले लघुवित्तमा ल्याउने सकारात्मक र नकारात्मक पक्षहरु के के हुन ?

नेपाल राष्ट्र बैंकले लिएको मर्जरको नीति लघुवित्तको संस्थागत विकासको पक्षमा छ । साना लघुवित्तहरुको पूँजी न्यून भएका कारण थोरै पूँजीबाट संचालन भएका संस्थाहरुले सदस्यहरुलाई माग बमोजिमको सेवा प्रदान गर्न कठिनाई हुन्छ । त्यसकारण पनि राष्ट्र बैंकले लिएको मर्जरको नीति लघुवित्त क्षेत्रका लागि प्रभावकारी बन्छ ।

लघुवित्तको विकास र वित्तीय साक्षरताका लागि के-के गर्नुपर्छ ?

लघुवित्त सेवा प्रवाह गर्ने कर्मचारीहरुको विषयगत दक्षतामा अभिवृद्धि हुनुपर्दछ । लघुवित्तमा आवद्ध सदस्यहरु अति विपन्न परिवारका हुनुहुन्छ ।

कुनैपनि बैंक तथा वित्तीय संस्थामा कारोबार गरेको अनुभव नभएको हुँदा बचत, ऋण, वीमाको महत्व र त्यसको उपयोगिता बुझाउन कठिन पर्ने हुन्छ । हामीले यस्तै विषयहरुलाई ध्यानमा राखेर काम गर्न सकेमा मात्र सदस्यहरुले लिएको कर्जाको सदुपयोगिता भई सदस्यहरुको आर्थिक स्तरमा वृद्धि हुनेछ ।

विश्वमा धनीहरुले बैंकबाट सस्तो ब्याजमा पैसा लिइरहेका हुन्छन्, तर यता गरिवहरुले लघुवित्तबाट महंगो ब्याजमा ऋण लिइरहेका छन् यसलाई समानान्तर बनाउन के गर्नु पर्ला ?

राज्यले स्पष्ट नीति बनाउन नसक्दा अहिलेको परिस्थिति देखिएको हो । धेरै संख्यामा लघुवित्त भएपनि ग्रामीण क्षेत्रमा अर्थतन्त्रको विकासमा यसको प्रभाव कम भएको पाइन्छ,

के गरियो भने ग्रामीण विकासमा लघुवित्त महत्वपूर्ण बन्न सक्छ ?

ग्रामीण क्षेत्रमा पूँजी चलायमान तथा निर्माणका लागि लघुवित्त संस्थाहरुले खेलेको भूमिका महत्वपूर्ण हुन्छ । लघुवित्तहरुले गाउँगाउँमा पुगेर काम नगरेको भए आज गाउँ स्तरको जनजीवन कष्टकर बन्थ्यो होला । अहिले लघुवित्तहरुले गाउँगाउँमा पुगेर काम गरिरहेको अवस्थामा पुँजीलाई चलायमान बनाइरहेका छन् ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds