लघुवित्त न्यूज । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त महिला लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । संस्थाले साउन ३ गते एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारीहरु माग गरेको हो ।

संस्थाले वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी(तालिमे) पदमा केही कर्मचारी माग गरेको छ। वरिष्ठ अधिकृत, अधिकृत र कनिष्ठ अधिकृत पदका लागि स्नातक उतीर्ण गरी लघुवित्त क्षेत्रमा २ वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ । वरिष्ठ सहायक र सहायक पदका लागि प्रविणता तह उतीर्ण गरी लघुवित्त क्षेत्रमा २ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । त्यस्तै कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि एस.ई.ई वा सो सरहको परीक्षा उतीर्ण भएको हुनुपर्ने संस्थाले जनाएको छ ।

आवेदकहरुको उमेरको हद दरखास्त दिने अन्तिम मितिमा अधिकृत श्रेणीमा २१ वर्ष र सहायक श्रेणीमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा थप ५ वर्ष बढी हुने संस्थाले जनाएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संलग्न गरी सुचना प्रकाशित भएको १५ दिनभित्रमा व्यक्तिगत विवरण, नागरिकता, शैक्षिक योग्यता, र तालिम प्रमाण पत्रको प्रतिलिपि तथा पासपार्ट साइजको फोटासहित संस्थाको वेबसाइट www.mlbsl.com.np को career बाट अनलाइन फाराम भर्नुपर्नेछ वा संस्थाको इमेल ठेगाना vacancy.mlbsl@gmail.com मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.