लघुवित्त न्यूज । गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय पोखराले २१ लाख दुई हजार रुपैयाँको चेक रकम बिमितको परिवारलाई हस्तान्तरण गरेको छ ।

कम्पनीको क्षेत्रीय कार्यालय पोखरामा वि.सं.२०७८ भदौ ३० गते रु.२० लाख बिमाङ्कको जीवन बिमा गर्नुभएका पर्वत जिल्ला माहाशिला गाउँपालिका वडा नं. १, स्थाई घर भई हाल पोखरा महानगरपालिका १५ बस्ने राजु गुरुङ भन्ने यम प्रसाद गुरुङको उपचारका क्रममा असामायिक निधन भएको हुँदा उहाँको धर्मपत्नी मोतिमाया गुरुङलाई कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल एवं वरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सिनाले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा क्षेत्रीय प्रमुख हरि शर्मा पौडेलले एक बत्तीले लाख बत्ती बाले जस्तै हरेक घरमा अभिकर्ताले जीवन बिमाको दियो बाल्नुपर्ने बताउनुभयो । कार्यक्रममा बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सिनाले जीवन बिमाले व्यक्ति नै फिर्ता ल्याउन नसके पनि उसको आम्दानीलाई बचाइराख्न जीवन बिमामा लगानी गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

उक्त कार्यक्रममा कम्पनीका वरिष्ठ मार्केटिङ अधिकृत प्रकाश रेग्मी, अन्डरराईटिङ विभागमा कार्यरत यमुना श्रेष्ठ र देबेन्द्र अधिकारी, सिनियर एजेन्सी मेनेजर कृष्ण बहादुर भट्टराई, एजेन्सी मेनेजर बिनिता सुबेदी भण्डारी, सुरेन्द्र मोहन अधिकारी र गणेश कुमार श्रेष्ठ साथै अभिकर्ता गौमती गुरुङ र शान्ता खाँण लगायतको उपस्थिति रहेको थियो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.