-अर्जुन प्रसाद पोखरेल-

लघुवित्त न्यूज । विपन्न तथा पिछडिएको समुदायलाई साना बचत तथा कर्जा सेवा उपलब्ध गराउने, विपन्न ग्राहक सदस्यहरुलाई भरपर्दो, विश्वासनीय र गुणस्तरीय वित्तीय सेवा उपलब्ध लगाउन लघुवित्तले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

कृषि, उद्योग, व्यापार तथा व्यवसायिक रुपमा सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना र कृषि क्षेत्रको विकासमा स्थिर गतिशीलता ल्याउने, सीप, श्रम र पुँजीलाई एकीकृत गर्दै उचित परिचालन गर्ने, स्वरोजगार निर्माण गर्ने र गरिबी निवारणमा सक्रिय सहयोग गर्ने जस्तो महान उद्देश्य लिएर नेपाली समाजलाई सक्षम, सबल समृद्ध र विभेदरहित बनाउने दुरदृष्टि राखेर नै लघुवित्तको स्थापना भएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकको प्रत्यक्ष सुपरभिजन हुने गरी नीति, नियम र निर्देशनभित्र रहने गरी ‘घ’ वर्गको ईजाजत प्राप्त भई आधिकारिक रुपमा वित्तीय कारोवार गर्ने गरी दर्ता भएको, नेपाल सरकारको कम्पनी रजिष्ट्ररमा दर्ता भएको, घरेलु तथा साना उद्योगमा दर्ता भएको र नेपाल सरकारको धितोपत्र बोर्डमा दर्ता भएका लघुवित्त संस्थाहरु २०७८ चैत्रको तथ्यांक अनुसार नेपालमा ६५ वटा छन् ।

यी लघुवित्तमा आबद्ध भई कारोबार (बचत तथा कर्जा सेवा उपभोग) गर्ने सदस्यहरु ५७ लाख ७२ हजार १ सय ५५ जना छन् भने ती सदस्यलाई सेवा दिने गरी २३ हजार ३ सय ५२ जना कर्मचारीहरु यस क्षेत्रमा कार्यरत छन् ।

लघुवित्तहरुको शाखा सञ्जाल अति सुगम राजधानी काठमाडौंदेखि अति दुर्गम कर्णालीका डोल्पा र हुम्लामा समेत गरी ७७ वटै जिल्लामा फैलिएको छ । २०७८ चैत्र मसान्त सम्म ५७ लाख ७४ हजार १ सय ५५ जनाको रु.१ खर्ब ५२ अर्ब ६२ करोड ३२ लाख बचत संकलन भएको छ भने ३२ लाख ४७ हजार २ सय ७६ जनासंग रु.४ खर्ब ४९ अर्ब १ करोड ६० लाख कर्जा बाँकी छ ।

देशको अर्थतन्त्रमा यत्रो गतिशील ल्याउने लघुवित्तहरु जसले राष्ट्रलाई हरेक वर्ष अरबौ रकम कर बुझाएको छ भने लाखौं रकम त यसमा आवद्ध कर्मचारीहरुले मात्र कर बुझाएका छन् । अनि कर लिने सरकार, त्यहि करको तलब खाने सुरक्षाकर्मीहरु किन आज मौन ?, के यसको जवाफ नेपाल सरकार र सुरक्षाकर्मीले दिनुपर्दैन । आज एउटा प्रश्न खडा भएको छ ।

आफ्नो आवश्यकता पुरा गर्न, व्यवसाय संचालन गर्न भनेर विभिन्न लघुवित्तमा बसेर कर्जा लिने, त्यतिले नभएर अन्य दिदी बहिनीहरुको समेत कर्जा आफैँ चलाउने अनि कर्जा नतिर्ने, तिर्न जानेलाई समेत बाटो रोकी तिर्न पर्देन भन्ने, कर्जा संकलन गर्न जाने कर्मचारीलाई हातपात गर्ने, धम्क्याउने जस्ता गतिविधि देशका अधिकांश ठाउँमा कर्जाको दुरुपयोग गर्ने दुई चार जना व्यक्तिहरुले संघर्ष समितिका नाममा हाउगुजी चलाईरहेका छन् ।

कतै व्यक्तिगत रुपमा तर्साएका छन् त कतै धेरै मानिस जम्मा पारेर आमसभामार्फत थर्काएका छन् । यस्तो पनि हुन्छ । आधिकारिक रुपमा वित्तीय कारोबार गर्ने संस्था र यसमा आबद्ध कर्मचारीको सुरक्षाको प्रत्याभुति कसले दिने ?, सम्पत्तिको रक्षा कसले गर्ने । नेपालको संविधान बमोजिम मौलिक हकको अधिकार यी संस्थाहरुको र यसमा आबद्ध कर्मचारीहरुको हुन् । वित्तीय संस्थाबाट ऋण लिएर तिर्न नपर्ने नेपालको संविधानको कुन धारामा लेखिएको छ ?,

यसरी आधिकारिक संस्थाहरुलाई कर्जाको दुरुपयोग गर्ने दुई चार जना व्यक्तिहरुले थर्काउँदा, धम्क्याउँदा, खुलेआम ऋण नतिर्ने उद्घोष गर्दा, संस्था खारेज गर्नुपर्छ भन्दा अन्यलाई समेत ऋण तिर्न रोक्दा अनि संघर्ष समितिका नाममा गैह्रकानुनी चन्दा संकलन गर्दा यो देशका अख्तियार प्राप्त अधिकारीहरु के हेरेर बसेका छन् ।

नेपाल सरकार के हेरेर बसेको छ । देशमा प्रजातन्त्र छ भन्दैमा, बोल्ने हक अधिकार छ भन्दैमा जे बोल्न पनि पाईने हो ?, जे गर्न पनि पाईने हो ?, यदि हो भने काठमाडौंको सडकमा मकै पोल्न किन नपाएको त ।

यदि होईन भने ऋण नतिरी संस्था खारेज गर्नुपर्छ भनेर गैह्रकानुनी चन्दा संकलन गर्नेहरुलाई किन कारबाही भएन त ? यी व्यक्तिहरु जुन ठाउँमा छन्, जस्तो अवस्थामा छन् तत्काल गिरफ्तार गरेर कानुनी कारबाही गर्नुपर्छ की पर्दैन ।

यस घटना प्रति नेपाल सरकारको धारणा नेपाल राष्ट्र बैंकको धारणा तत्काल सार्वजनिक गरियोस् । किनकी यस घटनाले भोलिका दिनमा कुनै अप्रिय घटना घट्न गएमा जवाफ कसले दिने ?

पत्रकारिता क्षेत्रका पत्रकारहरुले पनिकाम नभए सरकारी कार्यालयमा सेवामुखीले सेवा छिटो छरितो रुपमा भएको छ या छैन सरकारी कार्यालयमा धाउनु होला, काम भए बापत कुनै रकम खर्च भयो वा भएन सेवामुखिलाई सोध्नु होला, बजेट परेका योजानाहरु समयमा भए भएनन् निगरानी राख्नु होला, काम गुणस्तर छ की छैन हेर्नुहोला, हस्पीटलमा बिरामीले उपचार समयमा पाएको छ छैन ख्याल गर्नु होला, सरकारी स्कुलका शिक्षक स्कुल गएको छ की राजनैतिक संगठनको बैठकमा गएको छ निरीक्षण गर्नु होला ।

अनि एउटा गरिबले कर्जा पाएको छ वा छैन र कसरी गरिबले कर्जा पाउदो रहेछ भनेर जान्न कुनै पनि लघ्ुवित्तको कार्यालय जानुहोला अनि बल्ल देख्नु हुनेछ लघुवित्तले विपन्न परिवारलाई गर्ने सेवा वा समस्या तर लघुवित्तमा विपन्नको नाममा बिचौलियाहरु घुसेर लघुवित्तबाट ऋण लिने, अन्य सदस्यको नामको ऋण आफै चलाउने अनि उत्पादशिल क्षेत्रमा लगानी नगरी राजनिति गर्ने, मोजमस्ति गर्ने, सबै लगानी सक्ने किस्ता नतिर्ने अनि ऋण दिन पर्योे भन्ने अनि लघुवित्तले त्यस्तो ब्यक्तिलाई ऋण रोकिदिंदा घरपरिवार र दैनिक गुजारा चन्न नसके पछि गनिराम, सिता, रिष्नुमाया र एलिन (नाम परिवर्तित) जस्ता व्यक्तिहरु संघर्ष समितिको नामबाट आन्दोलन गर्ने, विरोध गर्ने, समाज भड्काउने र गैह्रकानुनी चन्दा संकलन गर्ने जस्ता कार्य अमार्यादित र नेपालको संविधान विपरितका गतिविधि भएकोले बैकिङ्ग कसुर अभियोगमा कारबाहि किन गरिएन क वर्गसँग कर्जा कारोवार गर्ने ईच्छाराज तामाङ्गलाई लाग्ने कानुन ‘घ’ वर्गसँग कर्जा कारोवार गर्ने गनिराम जस्तालाई किन लागेन ? उल्टो त्यस्ता ब्यक्तिहरुलाई राष्ट्रिय प्रशारण टेलिभिजनमा स्थान दिईनु निकै लज्जास्पद देखिन्छ अझै त्यस कार्यक्रममा भएका संवाद सुन्दा त तिनै व्यक्तिहरुको नैतिकता छर्लङ्ग प्रष्टिन्छ । उक्त व्यक्तिहरुसंग गरिएका संवादको केहि अंश तल प्रस्तुत् गर्ने प्रयास गरिएको छ ।

हामी गम्भीर विषयमा छलफल गर्न गईरहेका छौ, नेपाली जनताहरु कति समस्यामा छन्, कति पीडामा छन्, कति सकसमा छन्, कति अन्यायमा परेका छन् र कतिपय नारि महिलाहरुले त आत्महत्या गर्न बाध्य भएका छन्, किन यस्तो भयो त, लघुवित्तले किन ठग्यो त जनतालाई बताउनुहोस के भयो, किन आउनु भयो, के समस्या पर्याे ।

पीडितको भनाई : व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन् । (के यो भनाई लघुवित्तले ठग्यो भन्ने भनाई संग मेल खान्छ ?)
लघुवित्तहरु धेरै आए, महिलाहरुलाई संगठित बनाए, चर्को ब्याज, चर्को सेवाशुल्क र अनुत्पादक क्षेत्रमा लगानी भएको कारण लाखौ महिला समस्यामा परे, हजारौ विस्थापित भएका छन् र सयौले आत्मा हत्या गरिसकेका छन् (महिलाहरुलाई समुहमा आबद्ध हुन लघुवित्तहरुले बलजफ्ती लगाएका हुन्, कुनै लघुवित्तले नेपाल राष्ट्रबैंकको निर्देशन अनुसार १५ प्रतिशत ब्याज भन्दा बढि लिएको छ, कुनै लघुवित्तले नेपाल राष्ट्रबैंकको निर्देशन अनुसार सेवाशुल्क १.५ प्रतिशत भन्दा बढि लिएको छ अनि चर्को ब्याज कसरी मेल खायो, लघुवित्तमा विचौलिया बनेर समुहमा आबद्ध भई बाख्रा पालन, तरकारी खेती, कृषि कार्य र बंगुर पालन जस्ता उदेश्यमा कर्जा लिने, कर्जा लिने सोझासिधा दिदी बहिनीलाई विभिन्न प्रलोभन देखाई कर्जा आफैले चलाउने, राजनिति गर्ने र उत्पादनशिल क्षेत्रमा लगानी नगर्ने अनि यो गल्ति लघुवित्तको हो ।

के बलै लघुवित्तले ऋण दिएको हो । अनि लाखौ महिला समस्यामा परे, हजारौ विस्तापित भएका छन् र सयौले आत्मा हत्या गरिसकेका छन् समेत भनिएको छ को को महिला समस्यामा परे र के कारणले समस्यामा परे, को को महिला विस्तापित भए कहांबाट कहां बिस्तापित भए र को को महिला लघुवित्तको ऋण तिर्न नसकेर आत्म हत्या गरे यसको डाटा पेस होस र छानविन होस र यस्ता झट्टा कुराको भ्रम श्रृजना गर्ने माथि कानुनी कारबाही होस ।

यसर्थ, कुनै पनि कोणबाट पीडित भनिने ब्यक्तिको भनाईबाट लघुवित्तले ठग्यो, समस्यमा पार्यो भन्ने कुराको पुष्टि हुँदैन बरु चितवनमा जाँऊ, सल्यानमा जाँऊ, दाङमा जाँऊ र गुल्मीमा जाँऊ र अध्ययन गरौँ त्यहाँका समुदायमा को बाट अन्याय र अत्याचार भएको छ । लघुवित्तबाट हो या विचौलियाबाट ?

के गर्याे लघुवित्तले ?

दोश्रो पीडतको भनाई : लघुवित्तमा बस्यो बीस हजार, तीस हजार, पचास हजार, एक लाख गर्दा गर्दै धेरै ऋण भयो, त्यसलाई तिर्न अर्कोमा बसेर ऋण लियौ यसरी गर्दा गर्दै धेरै ऋण भयो यसरी लघुवित्त संस्थाले धेरै पीडामा पार्याे, ऋण तिर्दा तिर्दै एघार–बाह्र वर्ष कट्यो हाम्ले नसक्ने अबस्था भयो कसरी तिर्ने ।

(विभिन्न नक्कली उदेश्य राखेर ऋण झिक्ने उदेश्य अनुसार काम नगर्ने, ऋण तिर्नको लागि ऋण झिक्ने अनि धेरै ऋण भयोरे, किन धेरै लिएको, के का लागि लिएको, सो काम किन नगरेको, ऋण दिने बेला बाह्र बर्षसम्म लघुवित्तले ठगेन, ब्याज चर्को भएन, पिडा दिएन जब ऋण तिर्न पर्छ भन्यो अनि ठग भयो, पिडा दियो र ब्याज पनि चर्को भयो के बित्तिय संस्था दाता हो चन्दा दिएको हो लगानी गरेको ऋण फिर्ता गर भन्दा लगाईएका सबै आरोप ऋण नतिर्ने बहाना जस्तो मात्र देखिएकोले कथित पिडितको कुरासंग सहमत हुन सकिएन)

कसरी मर्न बाध्य बनायो । हामी त सहयोग गर्ने मान्छे यस्ता धेरैलाई सहयोग गरेका छौ महिलालाई सहयोग नगर्ने कुरै भएन नी ।

तेश्रो पीडितको भनाइ : लघुवित्तको ज्यादती धेरै भयो । ऋण दियो योजना दिएन । एउटा ब्यक्तिलाई बाह्र तेह्रवटामा राखेको छ त्यो भनेको मर्ने अबस्था बनाएर राखिरेहेको छ । घरमा बस्न नसकेर जङ्गलमा दिनभरी लुकेका छन । (ज्यादति धेरै भयो भनेको के हो, ऋण दिएर एक महिना पछि किस्ता माग्नु ज्यादती हो, एउटा टुक्रा जमिन नभएको मानिसलाई ऋणमा पत्याउनु ज्यादति हो, गांउघरमा नपत्तिनि ब्यक्तिलाई बिश्वास गरेर ऋण दिनु ज्यादती हो वा के हो । व्यक्तिले योजना बनाई लगानी गर्ने र त्यसमा आफ्नो पुंजीले नपुगे मात्रै बैंकबाट ऋण लिने होकि बैंकले योजना बनाएर ऋण दिने हो । बाह्र तेह्रवटामा लघुवित्तले राखेको की आफै बसेको, पहिला चै म बस्दीन भन्न किन नसकेको, त्यत्रोमा बसेर ऋण लिन किन सकेको । ऋण लिन भन्दा अगाडि किन नसोचेको । ऋणको किस्ता माग्न जादा कर्मचारीसंग भेट नहुन जङ्गल भाग्ने, कर्मचारी भेट गर्न घरमा आउछ भनेर जङ्गल भाग्ने, कर्मचारीसंग कुरा गर्दा छिमेकीलाई जानकारी हुने हुदा लाजले जङ्गल भाग्ने अनि जङ्गलमा छन् भन्ने कुरा पनि छोरी कुटेर बुहारी तर्साएको जस्तै हो ।

चौथो पीडितको भनाइः समस्या कहाँ छ भन्दा दिदी बहिनीले किस्ता तिर्न सकेनन् । नबुझेका दिदी बहिनीहरु धेरै लघुवित्तमा बसे । (अनि तपाई पनि गाउँकै महिला होइन्, तपाई त बुझेको महिला किन धेरैमा बस्न हुँदैन भनेर सल्लाह समयमा दिनु भएन, किन धेरैबाट ऋण लिन हुँदैन भन्ने सल्लाह दिनु भएन, किन सहि ठाउँमा लगानी गर्नुपर्छ भन्ने कुरा समयमा सिकाउनु भएन, किन दिन भरी बरालिएर गफ गर्दा काम गर्नुपर्छ भन्नु भएन, किन कपाल मुन्द्रा बनाई हाईलाईट गर्दा जथाभावी खर्च गर्न हुन्न भनेर किन सिकाउनु भएन र अहिले किस्ता तिर्न सकेनन् वा सक्दैनन् भन्दै नेतृत्व गर्ने आहा तपाई बुद्धिजिवि ।

अन्तमा, कथित पीडित भनिएका व्यक्तिहरुले दिनुपर्ने जवाफ :–

१.तपाईहरु बसोबास गरिरहेको घर तेश्रो ब्यक्तिले यो ठांउबाट तिम्रो घर हटाउ भनेमा के गर्नु हुन्छ ?

२.तपाईको ऋण लिने ऋणीले ऋण तिर्न सक्दिन मिनाह गरिदेउ भन्दा तपाई के गर्नु हुन्छ ?

३.तपाई बसेको घरमा आगो लागेमा निभाउन लाग्नु हुन्छ वा तेल थप्नु हुन्छ ?

४.तपाईहरु अबुझहरुलाई शिक्षा दिक्षा दिई बुझाउनु हन्छ या आफै अबुझ बन्नु हुन्छ ?

५.तपाईहरुको कारणले गांउका दिदी बहिनीलाई बढि समस्या परेको छ या लघुवित्तको थर्फबाट बढि समस्या परेको छ निश्पक्ष छानविन गर्न तयार हुनुहुन्छ ।

६. २०० रुपैँया बचत गर्न नसक्ने लाटोसिधा दिदी बहिनीहरुसंग रु.५०० उठाई विभिन्न शीर्षकमा खर्च गर्नु उपयुक्त होला त ?

७.लिएको ऋण तिर्न सकेनौ, ऋण दिनेलाई कारवाहि गर्नु पर्याे र खारेज समेत गर्नु पर्याे भनेर पत्रकारलाई भनेर पत्रकारले खारेज गरिदिने हो ? ऋण तिर्न पर्दैन भने त पत्रकारले ? ऋण मिनाह गरिदिए त पत्रकारले ?

८.लघुवित्तले के के गरेर तपाईहरुलाई ठग्यो ?

९.लघुवित्तले कसरी तपाहरुलाई समस्यामा पार्यो । सबैलाई चित्त बुझिने गरी पुष्टि गर्न सक्नु हुन्छ ?

१०.लघुवित्तले ऋणमा नपत्याई दिएको भए आज १२ बर्षसम्म तपाई समाजमा चल्न सक्नु हुन्थ्यो ?

त्यसैले यस्ता व्यक्तिलाई समय दिंदा सबै कुरा सोधियोस ताकी आगोमा घिउ थप्ने काम मात्र नगरियोस् । डडेलो गुल्मीमा लागोस वा सल्यानमा, दाङ्गमा लागोस या चितवनमा जहां लागे पनि माँसिने जंगल हो, मर्ने वन्यजन्तु हुन् । जंगल वा जनावर दुबैको सुरक्षा गर्ने सरकार हो । सरकारसंग कानून छ कानूनको प्रयोग गरेर आफु र समाज बिगार्ने बिचौलियहरुलाई कठघरामा तत्काल हालियोस् ।

समयमानै ध्यान नदिए अतिबिकट पालिकाको पनि वडाबाट आर्थिक चलायमान बनाउन सहयोगि भुमिका खेलेको, अर्थतन्त्र सुधारमा ठूलो टेवा दिएको, नेपाल सरकारको राजश्व आम्दानीको मुख्य स्रोत भएको, नेपालका हरेक कृषि, व्यापार, सेवा जस्ता क्षेत्रमा स्वरोजार निर्माणमा भूमिका खेलेको र नेपालका होनहार शैक्षिक जनशक्ति जसलाई विदेश पलाएन हुनबाट रोकि रोजगारी उद्योगकोभूमिका खेलेको लघुवित्त वित्तीय संस्थाहरु गम्भीर संकटमा पर्ने सम्भावना छ र यसको समयमै समाधान होस् र समयमै नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ध्यान जाओस् ।

(पोखरेल लघुवित्त क्षेत्रमा लामो समयदेखि कार्यरत हुनुहुन्छ ।)

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds