लघुवित्त न्यूज । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफा २४.४९ प्रतिशतले वृद्धि भएको हो।

विवरणअनुसार गत आर्थिक वर्षको अन्त्यसम्म लघुवित्तले ५८ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो आर्थिक वर्षमा लघुवित्तको खुद नाफा ४ करोड ७० लाख रुपैयाँमा सीमित थियो। यो २४.४९ प्रतिशतको वृद्धि हो।

सोही अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तमा लघुवित्तले १ अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

त्यस्तै लघुवित्तको ऋण पनि २९.३४ प्रतिशतले बिस्तार भएको छ। लघुवित्तसँग ग्राहकहरुको ३ अर्ब ३५ करोड रुपैयाँ निक्षेप छ। गत आर्थिक वर्षको अन्त्यसम्म लघुवित्तले १६ अर्ब ३१ करोड रुपैयाँ सापटी लिएको छ। जसबापत २१ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको जोखिमपूर्ण कर्जा पनि घटेको छ। लघुवित्तले कर्जा जोखिम व्यवस्थापनबापत छुट्याउने रकम पनि उल्लेख्य रुपमा घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म यस शीर्षकमा ९ करोड २३ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कर्जा जोखिम व्यवस्थापन बापत छुट्याइने रकमको आकार झन्डै १६ करोड रुपैयाँ रहेको थियो।

लघुवित्तको निष्क्रिय कर्जाको अनुपात ०.५० प्रतिशतले बढेर असार मसान्तसम्म १.४३ प्रतिशत कायम हुन् पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३३.६७ रुपैयाँ छ। संस्थाको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ र धितोपत्र बजारको अन्तिम कारोबार मूल्य ९०९ रुपैयाँका आधारमा मूल्य आम्दानी अनुपात २७ गुणा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म लघुवित्तको चुक्ता पुँजी एक अर्ब ७३ करोड रुपैयाँ छ। र लघुवित्तको जगेडा तथा कोषहरुमा कुल १ अर्ब ४० करोड रुपैयाँ सञ्चित रहेको विवरणले देखाएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.