लघुवित्त न्यूज । आशा लघुवित्त वित्तिय संस्था लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले साउन १२ गते एक सुचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

संस्थाले व्यवस्थापकीय विभागमा नायब प्रमुख कार्यकारी अधिकृत एक जना, वरिष्ठ प्रबन्धक एक जना र सहायक प्रबन्धक एक जना  माग गरेको हो । त्यस्तै अधिकृत विभागमा वरिष्ठ अधिकृत, अधिकृत र कनिष्ठ अधिकृत पदमा कर्मचारी माग गरेको छ । संस्थाले सहायक श्रेणीमा सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । व्यवस्थापकीय श्रेणी र अधिकृत श्रेणीका लागि स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा केही वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ । त्यस्तै सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक पदका लागि एसईई पास गरेका वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले समेत जागिर खान सक्ने संस्थाले जनाएको छ ।

दक्ष तथा इच्छुक आवेदकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा आवश्यक कागजात संलग्न गरी संस्थाको इमेल ठेगाना asha.vacancy@gmail.com  मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

 

 

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds