लघुवित्त न्यूज । सरकारले हरेक वर्ष आय करको दरमा परिवर्तन गरिरहेको हुन्छ । आर्थिक वर्ष २०७९/८० का लागि सरकारले निर्धारण गरेको आयकरको दरको साउन १ गतेदेखि लागू भएको छ । आर्थिक विधेयक २०७६ अनुसार यस्तो छ, आयकरको नयाँ दरः

अविवाहित हुनुहुन्छ र वार्षिक आम्दानी ४ लाख रुपैयाँसम्म छ भने अहिलेसम्म तपाईंले एक प्रतिशत सामाजिक सुरक्षा करका लागि वार्षिक ४ हजार रुपैयाँ कर तिर्दै आउनुभएको छ । विवाहितले भने साढे ४ लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत कर तिर्दै आएका छन् ।

साउनबाट १ प्रतिशत कर तिरेर हुने आम्दानीको सीमा अविवाहितको हकमा ५ लाख र विवाहितको हकमा ६ लाख पुगेको छ ।  तपाई अविवाहित हो भने वार्षिक ५ लाख रुपैयाँसम्म कमाउदा वार्षिक केवल ५ हजार कर तिरे पुग्छ । विवाहित हो भने ६ लाख रुपैयाँसम्म वार्षिक ६ हजार कर तिरे पुग्छ ।

दोस्रो करको सीमा अविवाहितका लागि ७ लाख रुपैयाँसम्मको छ । तपाईंको कमाई पाँच लाख रुपैयाँभन्दा बढी छ भने ५ लाख रुपैयाँभन्दा जति बढी रकम आम्दानी हुन्छ, त्यसमा १० प्रतिशत कर लाग्छ । ५ लाख रुपैयाँमा होइन त्यस भन्दा बढी भएको रकममा मात्र लाग्ने हो । विवाहितको हकमा ६ लाख रुपैयाभन्दा माथि ८ लाख रुपैयाँसम्मको आम्दानीमा १० प्रतिशत कर लाग्छ ।

करको तेस्रो सीमा अविवाहितको हकमा ७ लाखभन्दा माथि १० लाख रुपैयाँसम्मको राखिएको छ । विवाहितको हकमा ८ लाखबाट ११ लाखसम्मको राखिएको छ । अविवाहितको आम्दानी वार्षिक ७ देखि १० लाख रुपैयाँ भएमा ७ लाख भन्दा माथिको आम्दानीमा २० प्रतिशत कर लाग्छ । विवाहितलाई ८ लाखदेखि माथिको आम्दानीमा २० प्रतिशत कर लाग्छ ।

साढे ७ देखि थप १३ लाख रुपैयाँ वार्षिक आम्दानी भए बढेको रकममा ३० प्रतिशत कर लाग्थ्यो । त्यो दर यथावत अर्थात ३० प्रतिशत नै कायम छ । तर अब अविवाहितको हकमा १० देखि २० लाख रुपैयाँसम्मको आम्दानीमा ३० प्रतिशत कर तिर्नुपर्छ। विवाहितको हकमा ११ लाखभन्दा माथि २० लाखसम्मको आम्दानीमा ३० प्रतिशत कर लाग्छ।

वार्षिक २० लाख रुपैयाँभन्दा बढी रकम कमाउनेको हकमा तल्लो दायराका कर तिरेर माथिको हकमा ३६ प्रतिशत करको व्यवस्था कायमै छ । यदि तपाईंले बार्षिक २५ लाख कमाउनु हुन्छ भने अब कुल ५ लाख ३६ हजार रूपैयाँ आयकर तिर्नुपर्नेछ।

(बैंकिङ खबरबाट साभार गरिएको)

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.