लघुवित्त न्यूज । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार संस्थाको खुद नाफामा उल्लेख्य सुधार भएको छ । उक्त विवरणअनुसार संस्थाको नाफामा ५५.०८ ले वृद्धि भएको हो ।

संस्थाले गत आवको चौथो त्रैमाससम्म ८ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो आवको तुलनामा ५५.०८ प्रतिशतले धेरै हो । अघिल्लो आवको यस अवधिसम्म लघुवित्तले ५ करोड १८ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म मा संस्थाको नाफामा ५५.०८ प्रतिशतले वृद्धि भई ८ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५७.२३ प्रतिशत बढेर २१ करोड ९९ लाख रुपैयाँ पुगेको छ सञ्चालन मुनाफा ६२.११ प्रतिशत बढेर ३ करोड ३८ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६६ रुपैयाँ ४ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ३३० रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्षमा ऋणात्मक अवस्थामा रहेको लघुवित्तको खराब कर्जा सुधार हुँदै १.९५ प्रतिशतमा पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.१५ प्रतिशतले बढेर १२ करोड १६ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार १९९.७२ प्रतिशतले बढेर २८ करोड ८ लाख रुपैयाँ संचित रहेको छ । यस अवधिसम्म संस्थाले बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ६४ करोड रुपैयाँ सापटी लिई १ अर्ब ३९ करोड निक्षेप संकलन तथा ३ अर्ब ५९ करोड रुपैयाँ कर्जा परिचालन गर्न सफल भएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds