लघुवित्त न्यूज । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सुनसरीको चिमडीमा स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया तथा डस्टविन वितरण कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य चौकी चिमडीमा आयोजना गरेको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरु तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितीमा बर्जु गाउँपालिका वडा नं. ६ को वडा कार्यालय, ईलाका प्रहरी कार्यालय चिमडी, स्वास्थ्य चौकी चिमडी र श्री माध्यमिक विद्यालय चिमडीलाई गरी १७ थान डष्टविन संस्थाले उपलब्ध गराएको हो ।

कार्यक्रममा वित्तीय संस्थाका योजना तथा उद्यम विकास व्यवस्थापन विभागका विभागीय प्रमुख कृष्ण बहादुर खड्काले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दे स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । त्यस्तै संस्थाको नायब महाप्रबन्धक भाग नारायण साहुले संस्थागत परिचय साथै लघुवित्त संस्था तथा समुदाय बिचको अन्तरसम्बन्धका विषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बर्जु गाउँपालिकाका अध्यक्ष जीवन राय, विषेश अतिथिमा गाउँपालिका उपाध्यक्ष नितु कुमारी चौधरी, वडा नं. ६ का वडाध्यक्ष अशोक कुमार चौधरी, वडा सदस्यहरु, इलाका प्रहरी कार्यालय चिमडीका प्रमुख, स्वास्थ्य चौकी प्रमुख, स्थानिय श्री मा.वि.का सहायक प्रधानाध्यापक लगयात स्थानीयहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मन्तव्य दिने क्रममा वक्ताहरुले नेरुडेले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै आउँदा दिनहरुमा पनि यस किसिमको कार्यक्रमहरुले निरन्तरता पाईरहोस भन्ने शुभेच्छा व्यक्त गर्नुभएको थियो । कार्यक्रमको समापन मन्तव्यको क्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले नेरुडेले पहिले पनि थुप्रै सामाजिक कार्यहरु गर्दै आईरहेको र यस आर्थिक वर्षको पहिलो कार्यक्रम चिमडीबाट सुरु गरेको तथा आउँदा दिनहरुमा यसलाई अझ बढाउदै लैजाने र चिमडी क्षेत्रको विकास र समृद्धिमा नेरुडे सधै सहयोगी रहने प्रतिबद्घतासमेत व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन नेरुडे लघुवित्तको सामाजिक कार्य सञ्चालन सम्बन्धीका फोकल पर्सन राजु श्रेष्ठले गर्नुभएको थियो ।

राष्ट्रिय स्तरको नेरुडे लघुवित्त वित्तीय संस्थाले हाल ३१ जिल्लामा १०९ वटा शाखा मार्फत १ लाख ६० हजार ग्राहक परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । नेरुडेले स्थापना कालदेखि नै बचत कर्जा कारोबारसँगै सामाजिक रुपान्तरणसँग सम्बन्धित विभिन्न कार्यहरु गर्दै आईरहेको छ । गत आ.व.२०७८/७९ मा मात्रै आफ्ना ग्राहक सदस्य तथा उनीहरुको परिवारलाई १ करोड ५ लाख २५ हजार आर्थिक सहयोग प्रदान गरेको छ । जसमा ग्राहक सदस्यको मृत्यु भएकोमा ३४ लाख ६९ हजार, सदस्यको अभिभावकको मुत्यृ भएकोमा काजक्रिया खर्च ५६ लाख ५७ हजार ५ सय वितरण गरिसकेको छ ।

त्यसैगरी ग्राहक सदस्यहरु सुत्केरी हुँदा ७ लाख ८१ हजार, सर्पको टोकाई हुदाँ उपचार खर्च रु. ६३ हजार ५ सय, घर आगलागी भएकोमा ७७ हजार ५ सय, बाढी पहिरोमा परेकाहरुलाई राहत स्वरुप १ लाख ८२ हजार, कोभिड संक्रमित भएकाहरुलाई पोषण खर्च बापत ३३ हजार र सदस्य तथा सदस्यका परिवारहरुमा दीर्घरोगी भई आम्दानीको स्रोत गुमाएर आर्थिक संकटमा परेकाहरुलाई २ लाख ६१ हजार ५ सय वितरण गरेको संस्थाले जनाएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.