लघुवित्त न्यूज । अर्थमन्त्रीका रुपमा दोस्रो पटक रि इन्ट्री हुनुभएका जनार्दन शर्माले आइतबार पदभार ग्रहण गर्दै लघुबिमा सहयोग कार्यक्रमलाई विस्तार गर्ने पहिलो निर्णय गर्नुभएको छ ।

आइतबार साँझ अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघुबिमा सहयोग कार्यक्रमको दायरा विस्तार गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । निक्षेप बीमाको विद्यमान सीमा रु ३ लाखबाट वृद्धि गरी रु ५ लाख पुर्‍याइने भएको छ।

यसैबीच नवनियुक्त अर्थमन्त्रीको स्वागतमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भने अनुपस्थित हुनुभयो । सामान्यतया अर्थमन्त्रीको स्वागतमा गभर्नर उपस्थित हुन्छन् । तर, शर्मा र अधिकारीबीच सम्बन्ध राम्रो नरहेका बेला अधिकारी आइतबार साँझ अर्थ मन्त्रालय जानुभएन ।

पदभार ग्रहणपछि पहिलो प्रक्रिया दिँदै मन्त्री शर्माले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा रहेको भन्दै आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्नु आफ्नो लक्ष्य रहेको बताउनुभयो । उहाँले वैदेशिक मुद्रा सञ्चित वृद्धि बजेटको मुलभूत उद्देश्य रहेको उल्लेख गर्दै अर्थतन्त्र सवलीकरण आवश्यक रहेको र बजेटले त्यो दिशातर्फ लैजाने बताउनुभयो

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds