लघुवित्त न्यूज । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको नाफामा सामान्य सुधार देखिएको छ भने संस्थाको चुक्ता पूँजीमा ३२.३० प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा लघुवित्तले ५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.३५ प्रतिशत बढेर १२ करोड ९४ लाख ४७ हजार रुपैयाँ पुगेको छ । खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको आम्दानी १३ रुपैयाँ ५९ पैसा घटेर ४३ रुपैयाँ २८ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३६.०७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ २३ पैसा रहेको छ ।

विवरणअनुसार यस अवधिसम्म लघुवित्तको चुक्ता पूँजी ३२.३० प्रतिशतले बढेर १२ करोड १७ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ८ करोड १८ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ सापटी लिई ६६ करोड ८० लाख १५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २अर्ब ७ करोड २३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds