लघुवित्त न्यूज । चितवनमा संचालित लघुवित्त संस्थाहरुले लघुवित्त कारोबारलाई भयरहित बनाइदिन माग गरेका छन् । सम्बन्धित लघुवित्त संस्थाको कार्यालयमा कार्यरत कर्मचारी समेत असुरक्षित भएको भन्दै उनीहरुले कर्मचारीको जिउ धनको सुरक्षाको समेत माग गरेका हुन् ।

लघुवित्त विरुद्धको संघर्ष समितिको कारण प्रवाह भएका कर्जा असुली प्रभावित भएको र निक्षेप कर्ता सर्वसाधारणको निक्षेप फिर्ता दिन समस्या भएको ठहर गर्दै लघुवित्तका कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय भरतपुरमा ज्ञापनपत्र बुझाएका छन् । गैरकानुनी रुपमा अमुक संस्थाको नाममा लघुवित्त वित्तीय संस्था विरुद्ध भई रहेको गतिविधि तथा गतिविधि संचालकलाई कानुनी दायरामा ल्याई गरिबी न्युनीकरणको रुपमा रहेको लघुवित्त कारोबारलाई भयरहित तरिकाले संचालन गर्ने वातावरणका लागि पहल गरिदिन माग गरिएको छ ।

देशमा हाल देखिएको तरलता अभावको कारणले समग्र बैंकिङ क्षेत्र नै प्रभावित भैरहेको अवस्थामा गैरकानुनी रुपमा लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति, नेपालको नाममा लघुवित्तका वित्तीय सेवा कार्यक्रमहरु पुर्ण रूपमा प्रभावित हुनेगरी लघुवित्त वित्तीय संस्थाहरु खारेज गर्नुपर्ने, लिएको कर्जा मिनाहा हुनुपर्ने जस्ता माग राखेर सामूहिक रूपमा प्रतिवाद गर्ने, भौतिक कारबाही गर्ने जस्ता धम्कीपूर्ण कार्यहरु गराइ रहेको अवस्थामा सर्वसाधारण नागरिकको निक्षेपको सुरक्षा, पुँजी लगानी कर्ताको लगानी तथा कर्मचारीको जीउ धनको सुरक्षामा गम्भीर चुनौती देखा परेको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै नेपालभरका लघुवित्तमा ५७ लाख ७४ हजार १ सय ५५ जना आवद्ध छन् । २३ हजार ३ सय ५२ जना दक्ष जनशक्ति परिचालित छन् । १ खर्व ५२ अर्ब ६२ करोड ३२ लाख ४० हजार ५ सय ३२ रुपैया बचत लघुवित्तहरुमा निक्षेपका रूपमा जम्मा रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.