लघुवित्त न्यूज । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९को असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको नाफामा उल्लेख्य सुधार आएको छ ।

संस्थाले प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार ६ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ४१.१७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै सम्भावित जोखिम बापत कम रकम छुट्याएका कारण लघुवित्तको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६.७१ प्रतिशत बढेर २२ करोड ८ लाख रुपैयाँ पुगेको छभने संचालन मुनफा पनि ४१.१७ प्रतिशत बढेर १० करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

संस्थाले अघिल्लो आर्थिक वर्षमा छुट्याएको १ करोड ६४ लाख ७३ हजार प्रोभिजनिङ्ग ८७.९० प्रतिशत घटाएर १९ लाख ९४ हजार कायम गर्दा संस्थाको नाफामा सुधार देखिएको हो ।

समिक्षा अवधिसम्म संस्थाको खुद नाफा बढेपनि प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ । लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ३४ पैसा घटेर २५ रुपैयाँ ५८ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३६.२० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ८ पैसा रहेको छ ।

विवरणअनुसार लघुवित्तको चुक्तापुँजी ४८.५७ प्रतिशतले बढेर २६ करोड रुपैयाँ पुगेको छ भने लघुवित्तको जगेडा कोषको आकार ५४.४२ प्रतिशत बढेर १८ करोड २२ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब १४ करोड रुपैयाँ सापटी लिई ८२ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन तथा ३ अर्ब २८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.